बयानका लागि रवि लामिछानेलाई चितवन लगियो

<p>काठमाडौं । सहकारीको रकम हिनामिना गरेको आरोपमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई चितवन लगिएको छ । लामिछानेलाई मंगलबार काठमाडौंबाट बुद्ध एयरको विमानमार्फत बयानका लागि चितवन लगिएको हो । चितवनमा पनि रविविरुद्ध उजुरी परेपछि बयानका लागि त्यहाँ लगिएको हो । चितवनमा सहारा चितवन सहकारी लिमिटेडको रकम हिनामिना गरेको आरोपमा यही मङ्सिर ५ गते पूरक जाहेरी [&hellip;]</p>

काठमाडौं । सहकारीको रकम हिनामिना गरेको आरोपमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई चितवन लगिएको छ ।

लामिछानेलाई मंगलबार काठमाडौंबाट बुद्ध एयरको विमानमार्फत बयानका लागि चितवन लगिएको हो ।

चितवनमा पनि रविविरुद्ध उजुरी परेपछि बयानका लागि त्यहाँ लगिएको हो । चितवनमा सहारा चितवन सहकारी लिमिटेडको रकम हिनामिना गरेको आरोपमा यही मङ्सिर ५ गते पूरक जाहेरी दर्ता भएको थियो ।

लामिछानेको जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंमा हिजो बयान सकिएको थियो। यसअघि पूर्वडीआईजी छविलाल जोशी र रामबहादुर खनाललाई पनि चितवन लगेर बयान गराइएको थियो ।

Share News