सुनको मूल्य १६ सयले बढ्यो

काठमाडौं । नेपाली बजारमा शुक्रबार सुनको मूल्य बढेको छ । आज सुन प्रतितोला एक हजार ९ सय रुपैयाँले  बढेर १ लाख ५० हजार ९ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

बिहीबार छापावाल सुन प्रतितोला १ लाख ४९ हजार ३०० सय रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी प्रतितोला ४५ रुपैयाँले बढेर १ हजार ८ सय ४५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

बिहीबार प्रतितोला चाँदी १ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो।

Share News