रवि लामिछानेलाई आज अपराह्न काठमाडौं लगिने

<p>काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई बिहीबार अपराह्न काठमाडौं लगिने भएको छ । पोखरा अन्तर्राष्ट्रिय विमानस्थल स्रोतकाअनुसार सभापति लामिछानेलाई बिहीबार अपराह्न ५ बजे बुद्ध एयरको जहाजबाट काठमाडौं लगिनेछ । सहकारी ठगी र संगठित अपराध कसुरमा गत कात्तिक २ गते पक्राउ परेका लामिछानेलाई कास्की हिरासतमा राखेर अनुसन्धान भइरहेको थियो । सभापति लामिछानेविरूद्ध [&hellip;]</p>

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई बिहीबार अपराह्न काठमाडौं लगिने भएको छ । पोखरा अन्तर्राष्ट्रिय विमानस्थल स्रोतकाअनुसार सभापति लामिछानेलाई बिहीबार अपराह्न ५ बजे बुद्ध एयरको जहाजबाट काठमाडौं लगिनेछ ।

सहकारी ठगी र संगठित अपराध कसुरमा गत कात्तिक २ गते पक्राउ परेका लामिछानेलाई कास्की हिरासतमा राखेर अनुसन्धान भइरहेको थियो । सभापति लामिछानेविरूद्ध काठमाडौं जिल्ला अदालतले पक्राउ पुर्जी जारी गरिसकेको छ ।

लामिछानेलाई काठमाडौं लगेर बयान लिइनेछ । सभापति लामिछानेमाथि स्वर्णलक्ष्मी सहकारीको बचत अपचलनको पनि अभियोग छ ।

जिल्ला प्रहरी परिसर काठमाडौं स्रोतले पनि लामिछानेलाई आज अपराह्न पोखराबाट काठमाडौं ल्याउन लागिएको बताएको छ ।

Share News