घट्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?

<p>काठमाडौं । नेपाली बजारमा बुधबार बढेको सुनचाँदीको मूल्य बिहीबार भने घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार सुन तोलामा ३ सय रुपैयाँले घटेको हो । मंगलबारको तुलनामा बुधबार तोलामा ९ सय रुपैयाँले बढेर प्रतितोला १ लाख ४९ हजार ६ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य बिहीबार तोलामा ३ सय रुपैयाँले घटेर १ लाख [&hellip;]</p>

काठमाडौं । नेपाली बजारमा बुधबार बढेको सुनचाँदीको मूल्य बिहीबार भने घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार सुन तोलामा ३ सय रुपैयाँले घटेको हो ।

मंगलबारको तुलनामा बुधबार तोलामा ९ सय रुपैयाँले बढेर प्रतितोला १ लाख ४९ हजार ६ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य बिहीबार तोलामा ३ सय रुपैयाँले घटेर १ लाख ४९ हजार ३ सय रुपैयाँ कायम भएको हो ।

यस्तै, बुधबारको तुलनामा बिहीबार सुनसँगै चाँदीको मूल्य समेत घटेको छ । महासंघका अनुसार बिहीबार प्रतितोला ३० रुपैयाँले घटेर चाँदीको मूल्य १ हजार ८ सय रुपैयाँ कायम भएको हो ।

Share News