एमालेले पत्र बुझ्न नमानेपछि काठमाडौं महानगरले इमेल र हुलाकबाट पठायो जरिवानापत्र

<p>काठमाडौं । नेकपा एमालेले जरिवानापत्र बुझ्न नमानेपछि काठमाडौं महानगरले इमेल र हुलाकमार्फत् पठाएको छ । आइतबार पार्टी केन्द्रीय कार्यालय, च्यासल पुगेको महानगरपालिकाको टोलीलाई एमाले केन्द्रीय कार्यालयले आफूहरू आयोजक नभएको भन्दै पत्र बुझ्न अस्वीकार गरेको थियो । पत्र बुझ्न नमानेपछि महानगरले जरिवानापत्र इमेल र हुलाकमार्फत् पठाएको महानगरको प्रेस सहजकर्ता सुरेन्द्र बजगाईंले जानकारी दिए । शुक्रबार दरबारमार्गमा [&hellip;]</p>

काठमाडौं । नेकपा एमालेले जरिवानापत्र बुझ्न नमानेपछि काठमाडौं महानगरले इमेल र हुलाकमार्फत् पठाएको छ ।

आइतबार पार्टी केन्द्रीय कार्यालय, च्यासल पुगेको महानगरपालिकाको टोलीलाई एमाले केन्द्रीय कार्यालयले आफूहरू आयोजक नभएको भन्दै पत्र बुझ्न अस्वीकार गरेको थियो ।

पत्र बुझ्न नमानेपछि महानगरले जरिवानापत्र इमेल र हुलाकमार्फत् पठाएको महानगरको प्रेस सहजकर्ता सुरेन्द्र बजगाईंले जानकारी दिए ।

शुक्रबार दरबारमार्गमा भएको एमालेको जागरणसभामा सडक पेटीमा जथाभावी फोहोर गरेको भन्दै महानगरले जरिवानापत्र लेखेको थियो ।

आइतबार एमालेको मुख्यालयले आयोजक नेकपा एमाले जिल्ला काठमाडौं, नेकपा एमाले जिल्ला ललितपुर र नेकपा एमाले जिल्ला कमिटी भक्तपुर भएकाले आयोजकहरूलाई नै पत्र बुझाउन एमालेले आग्रह गरेको थियो ।

एमाले केन्द्रीय कार्यालय सचिव भीष्म अधिकारीले चिठी बेठिक ठाउँमा आएको बताएका थिए । उनले नेकपा एमाले केन्द्रीय कार्यालय उक्त कार्यक्रमको आयोजक नभएकाले आयोजकलाई नै चिठी बुझाउन आग्रह गरे ।

साथै उनले काठमाडौं महानगरपालिकाका प्रमख बालेन्द्र साहले स्टन्टबाजी गरेकाे भन्दै सामान्य प्रशासनिक कुराहरू बुझेर मात्रै कामअघि बढाउनसमेत आग्रह गरेका थिए ।

उनले एमालेले कार्यक्रम गरेका हरेक ठाउँमा सरसफाइ गरेको दाबी पनि गरेका थिए ।

Share News