तस्करी बढ्ने देखिएपछि सुनचाँदीको भन्सार दर घटाइयो

<p>काठमाडौं । सरकारले सुनको भन्सार दर घटाएको छ । भारतमा सुनको भन्सार कम रहेका कारण नेपालमा तस्करी बढ्न सक्ने आशंकासहित भन्सार दर घटाइएको हो । सुनको भन्सार दर २० प्रतिशतबाट १० प्रतिशत र चाँदीको १५ प्रतिशतबाट घटाएर १० प्रतिशतमा झारिएको हो । आइतबारदेखि नै नयाँ दर कार्यान्वयनमा आएको भन्सार विभागले जानकारी दिएको छ । भारतबाट [&hellip;]</p>

काठमाडौं । सरकारले सुनको भन्सार दर घटाएको छ । भारतमा सुनको भन्सार कम रहेका कारण नेपालमा तस्करी बढ्न सक्ने आशंकासहित भन्सार दर घटाइएको हो ।

सुनको भन्सार दर २० प्रतिशतबाट १० प्रतिशत र चाँदीको १५ प्रतिशतबाट घटाएर १० प्रतिशतमा झारिएको हो । आइतबारदेखि नै नयाँ दर कार्यान्वयनमा आएको भन्सार विभागले जानकारी दिएको छ ।

भारतबाट सुन तस्करी भएर नेपालमा आउन नदिन भन्सार दर घटाउने निर्णय भएको विभागले जनाएको छ । सरकारले बजेटमार्फत १५ प्रतिशत रहेका भन्सार दर २० प्रतिशत पु¥याएको थियो ।

Share News