सिंगापुरका काम लगाइदिने भन्दै करोडौं रकम असुल्ने सुजन आचार्य विमानस्थलमै पक्राउ

<p>काठमाडौं । युवा सुजन आचार्य पक्राउ परेका छन् । उनी शुक्रबार दिउँसो त्रिभुवन विमानस्थलबाट पक्राउ परेका हुन् । ठगी आरोपमा आचार्यविरुद्ध पक्राउका लागि इन्टरपोलमा नोटिस जारी गरिएकाे थियाे । उनलाई अध्यागमन र विमानस्थल प्रहरीले पक्राउ गरेको हो । हाल उनलाई प्रहरी परिसर काठमाडौं, भद्रकालीमा राखिएको छ । आचार्य २ वर्षअघि करोडौं रुपैयाँ ठगेर फरार भएका [&hellip;]</p>

काठमाडौं । युवा सुजन आचार्य पक्राउ परेका छन् । उनी शुक्रबार दिउँसो त्रिभुवन विमानस्थलबाट पक्राउ परेका हुन् । ठगी आरोपमा आचार्यविरुद्ध पक्राउका लागि इन्टरपोलमा नोटिस जारी गरिएकाे थियाे । उनलाई अध्यागमन र विमानस्थल प्रहरीले पक्राउ गरेको हो ।

हाल उनलाई प्रहरी परिसर काठमाडौं, भद्रकालीमा राखिएको छ ।

आचार्य २ वर्षअघि करोडौं रुपैयाँ ठगेर फरार भएका थिए ।

झण्डै ५० भन्दा बढी युवाहरूले उनीविरुद्ध प्रहरीमा उजुरी दिएका थिए । उनले सिंगापुरका हाेटलमा काम लगाइदिने भनी थुप्रै युवाबाट कराेडौं रकम असुलेर फरार भएका थिए ।

इन्टरपोलमा नोटिस जारी गरेको भए पनि आचार्य आफै आज विमानस्थल झरेपछि अध्यागमन कार्यालयले पक्राउ गरेको हो ।

उनले पीडितहरूलाई पैसा फिर्ता गरेर मुद्दा मिलाउन स्वदेश आएको दावी गरेका छन्।

सिंगापुरमा काम लगाइदिने भन्दै आचार्यले अनुमानित १० करोड रुपैयाँ ठगेको हुनसक्ने बताइएकाे छ ।

Share News