कलंकीको भाटभटेनीमा काठमाडौं महानगरको डोजर

<p>काठमाडौं । काठमाडौं महानगरले कलंकीस्थित भाटभटेनीमा डोजर चलाएको छ । महानगरले चक्रपथको जग्गा मिचेको भन्दै शुक्रबार दिउँसो डोजर चलाएको हो । महानगरले भाटभटेनीको चक्रपथतर्फ रहेको कम्पाउन्ड सबै भत्काएको हाे । चक्रपथको ‘राइट अफ वे’ क्षेत्र भाटभटेनीले प्रयोग गरेको भन्दै महानगरले हटाउन आग्रह गरेकाे थियाे । उक्त आग्रह भाटभटेनीले अटेर गरेपछि डोजर चलाइएकाे हाे । महानगरले [&hellip;]</p>

काठमाडौं । काठमाडौं महानगरले कलंकीस्थित भाटभटेनीमा डोजर चलाएको छ । महानगरले चक्रपथको जग्गा मिचेको भन्दै शुक्रबार दिउँसो डोजर चलाएको हो ।

महानगरले भाटभटेनीको चक्रपथतर्फ रहेको कम्पाउन्ड सबै भत्काएको हाे ।

चक्रपथको ‘राइट अफ वे’ क्षेत्र भाटभटेनीले प्रयोग गरेको भन्दै महानगरले हटाउन आग्रह गरेकाे थियाे । उक्त आग्रह भाटभटेनीले अटेर गरेपछि डोजर चलाइएकाे हाे ।

महानगरले सार्वजनिक जग्गा अतिक्रमित गरी बनाएकाे दुईवटा शौचालय पनि भत्काएकाे छ ।

Share News