काठमाडौं । फलफूल तथा तरकारी बजार विकास समिति कालीमाटीले गोलभेडाको मूल्य १३५ रुपैयाँ तोकेको छ । यस्तै रातो आलु ८२ रुपैयाँ, सुकेको प्याज ९९ रुपैयाँ, लोकल गाजर ११० रुपैयाँ, बन्दा ५० रुपैयाँ, काउली १२० रुपैयाँ, मुला ४५ रुपैयाँ, लाम्चो भन्टा ३५ रुपैयाँ, तने बोडी ९० रुपैयाँ तोकेको छ ।
यस्तै मटरकोशा १८६ रुपैयाँ, घिउ सिमी (राजमा) १९० रुपैयाँ, भटमासकोशा ९० रुपैयाँ, तितो करेला ५५ रुपैयाँ, लौका ४२ रुपैयाँ, परवर ७५ रुपैयाँ, चिचिण्डो ४५ रुपैयाँ तोकेको समितिले जनाएको छ ।
घिरौला ७० रुपैयाँ, फर्सी ९५ रुपैयाँ, सलगम ११० रुपैयाँ, भिण्डी ७५ रुपैयाँ, सखरखण्ड ८५ रुपैयाँ, बरेला ७५ रुपैयाँ, पिंडालू ६५ रुपैयाँ, स्कूस २५ रुपैयाँ, रायो साग ७५ रुपैयाँ, पालूगो साग ८५ रुपैयाँ, चमसूरको साग १२६.६७ रुपैयाँ, तोरीको साग ५५ रुपैयाँ तोकिएको छ ।
प्याज हरियो १२६.६७ रुपैयाँ, च्याउ २७६.६७ रुपैयाँ, कुरीलो ४५० रुपैयाँ, ब्रोकाउली १४० रुपैयाँ, चुकुन्दर ९५ रुपैयाँ, रातो बन्दा १२६.६७ रुपैयाँ, जिरीको साग १७६.६७ रुपैयाँ, सेलरी ९५० रुपैयाँ, पार्सले २ हजार ७६६.६७ रुपैयाँ, पुदीना ९०० रुपैयाँ तोकेको समितिले जनााएको छ ।[pdf id=517680]