१२५ ऋणीले तिरेनन् निर्धन उत्थान लघुवित्तको कर्जा

<p>काठमाडौं । निर्धन उत्थान लघुवित्त वित्तीय संस्थाले ऋण नतिर्ने १२५ जना ऋणीको नाम सार्वजनिक गरेको छ । लघुवित्तले समयमै ऋण नतिर्ने १२५ जना ऋणीको नाम सार्वजनिक गरेको हो । लघुवित्तका अनुसार धितो सुरक्षण राखि सामूहिक जमानीमा कर्जा लिएका ऋणीले लिएको ऋण कर्जाको साँवा ब्याज लगायत अन्य रकमसमेत तिर्नुपर्ने हो । तर, उक्त रकम नतिरी नबुझाई [&hellip;]</p>

काठमाडौं । निर्धन उत्थान लघुवित्त वित्तीय संस्थाले ऋण नतिर्ने १२५ जना ऋणीको नाम सार्वजनिक गरेको छ । लघुवित्तले समयमै ऋण नतिर्ने १२५ जना ऋणीको नाम सार्वजनिक गरेको हो ।

लघुवित्तका अनुसार धितो सुरक्षण राखि सामूहिक जमानीमा कर्जा लिएका ऋणीले लिएको ऋण कर्जाको साँवा ब्याज लगायत अन्य रकमसमेत तिर्नुपर्ने हो । तर, उक्त रकम नतिरी नबुझाई ऋण कर्जा सम्बन्धी सर्त बन्देज उल्लङ्घन गरेको र पटकपटक ताकेता गर्दा समेत भुक्तानी गर्न चासो नदेखाई बेवास्ता गरेकाले ३५ दिनभित्र चुक्ता गर्न लघुवित्तले आग्रह गरेको छ ।

यदि ३५ दिनभित्र नतिरेको खण्डमा ऋणी तथा जमानीकर्तालाई कर्जा सूचना केन्द्रको कालोसूचीमा नाम समावेश गर्ने लघुवित्तले जनाएको छ । साथै धितोमा रहेका वा नरहेको चलअचल सम्पत्ति लिलाम विक्री गरी वा अन्य कुनै व्यवस्था गरी आफ्नो लेना रकम असुल गरिने बताइएको छ ।

Share News