विवाहको सिजन नजिकिँदा सुनको मूल्य आकासिँदै, किनबेच ठप्प

<p>काठमाडाैं । पछिल्लो समय सुनचाँदीको भाउ लगातार बढिरहेको छ । पछिल्लो तीन दिन सुनको भाउले लगातार नयाँ रेकर्ड कायम गरिरहेको छ । शुक्रबार पनि सुनको भाउ हालसम्मकै उच्च बिन्दुमा पुगेकाे छ । शुक्रबार तोलाको २ हजार रुपैयाँले बढेर छापावाला सुन प्रतितोला एक लाख ६४ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ । यो हालसम्मकै उच्च मूल्य [&hellip;]</p>

काठमाडाैं । पछिल्लो समय सुनचाँदीको भाउ लगातार बढिरहेको छ । पछिल्लो तीन दिन सुनको भाउले लगातार नयाँ रेकर्ड कायम गरिरहेको छ । शुक्रबार पनि सुनको भाउ हालसम्मकै उच्च बिन्दुमा पुगेकाे छ ।

शुक्रबार तोलाको २ हजार रुपैयाँले बढेर छापावाला सुन प्रतितोला एक लाख ६४ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ । यो हालसम्मकै उच्च मूल्य हो ।

बिहीबार छापावाला सुन तोलाको एक लाख ६२ हजार ४ सय रुपैयाँ थियो । चाँदीको मूल्य आज तोलमा ३० रुपैयाँले बढेको छ । आज चाँदी प्रतितोला १ हजार ९ सय ८० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ ।

अब नेपालमा विवाहकाे सिजन नजिकिँदैछ । नेपालमा मंसिरदेखि विवाहकाे सिजन सुरु हुन्छ । विवाहकाे सिजन सुरु भएपनि सुनको बजारमा भने कुनै चहलपहल छैन । सुनको मूल्य बढ्दा बजारमा भने किनबेच सुस्त रहेको व्यापारीहरू बताउँछन् ।

नेपालमा मात्रै होइन, सुनको मूल्य विश्व बजारमा नै बढिरहेको छ । अन्तर्राष्ट्रिय कमोडिटी बजारमा हुने माग र आपूर्तिले सुनको मूल्य निर्धारण हुन्छ । जब विश्व बजारमा सुनको मूल्य बढ्छ, नेपालमा पनि बढ्ने गरेको छ भने जब विश्व बजारमा सुनको मूल्य घट्छ नेपालमा पनि मूल्य घट्ने अभ्यास छ ।

यतिबेला अन्तर्राष्ट्रिय बजारमा सीमित आपूर्तिबीच सुनको माग उच्च दरले बढ्दा मूल्य पनि बढिरहेको जानकारहरू बताउँछन् ।

जानकारहरूका अनुसार अमेरिकी केन्द्रीय बैंकको ब्याजदर, अमेरिकी डलरको प्रभाव, विभिन्न ठूला अर्थतन्त्र भएका देशले सुनमा बढी महत्त्व  दिनु, विभिन्न देशका केन्द्रीय बैंकले सुन थुपार्नु तथा आर्थिक गतिविधिमा सुस्सता आउँदा सुनको मूल्य बढ्छ । सोही कारण पनि अहिले सुनको मूल्य बढिरहेको हो ।

Share News