इजिप्टको स्वेज नहरको राजश्व ६० प्रतिशतले घट्यो

<p>काठमाडौं । इजिप्टको स्वेज नहरको राजश्व ६० प्रतिशतले घटेको छ । २०२४ को सुरुवातदेखि जलमार्गमा जाने जहाजहरूको संख्या ४९ प्रतिशतले घटेको छ । स्वेज नहर प्राधिकरण (एससीए) का अध्यक्ष ओसामा रबील हालको अवस्था र लाल सागर क्षेत्रमा अभूतपूर्व चुनौतीले सिपरहरूलाई स्वेज नहरबाट टाढा वैकल्पिक नेभिगेसन मार्गहरू खोज्न अफ्ठ्यारो बनाएको बताए । एससीएका अनुसार आर्थिक वर्ष [&hellip;]</p>

काठमाडौं । इजिप्टको स्वेज नहरको राजश्व ६० प्रतिशतले घटेको छ । २०२४ को सुरुवातदेखि जलमार्गमा जाने जहाजहरूको संख्या ४९ प्रतिशतले घटेको छ ।

स्वेज नहर प्राधिकरण (एससीए) का अध्यक्ष ओसामा रबील हालको अवस्था र लाल सागर क्षेत्रमा अभूतपूर्व चुनौतीले सिपरहरूलाई स्वेज नहरबाट टाढा वैकल्पिक नेभिगेसन मार्गहरू खोज्न अफ्ठ्यारो बनाएको बताए ।

एससीएका अनुसार आर्थिक वर्ष २०२२/२०२३ मा ९.४ बिलियन अमेरिकी डलरबाट आर्थिक वर्ष २०२३/२०२४ मा ७.२ बिलियन डलरमा झरेको छ । इजिप्टमा आर्थिक वर्ष जुलाई १ मा शुरु हुन्छ र जुन ३० मा समाप्त हुन्छ ।

गत अक्टोबरमा गाजा द्वन्द्व सुरु भएदेखि यमनको हुथी समूहले इजरायलसँग जोडिएको लाल सागरमा रहेका जहाजहरूमा बारम्बार आक्रमण गरेको छ । स्वेज नहर इजिप्टको लागि विदेशी मुद्राको एक महत्त्वपूर्ण स्रोत हो ।

Share News