कुरिलाको मूल्य डेढ सय रुपैयाँ बढ्दा च्याउ, ब्रोकाउली र बन्दाको भाउ स्वाट्टै घट्यो

<p>काठमाडौं । बुधबार कुरिलाको मूल्य बढेको छ । फलफूल तथा तरकारी बजार विकास समिति कालीमाटीका अनुसार कुरिलाको मूल्य १५० रुपैयाँ बढेर ६५० रुपैयाँ पुगेको हो । यसअघि हिजो ५ सय रुपैयाँमा बिक्री भइरहेको थियो । तर, डल्ले च्याउको मूल्य १ सय रुपैयाँ घटेर ३२६.६७ रुपैयाँ, ब्रोकाउली ८१ रुपैयाँ घटेर ९५ रुपैयाँ, रातो बन्दा ८४ रुपैयाँ [&hellip;]</p>

काठमाडौं । बुधबार कुरिलाको मूल्य बढेको छ । फलफूल तथा तरकारी बजार विकास समिति कालीमाटीका अनुसार कुरिलाको मूल्य १५० रुपैयाँ बढेर ६५० रुपैयाँ पुगेको हो । यसअघि हिजो ५ सय रुपैयाँमा बिक्री भइरहेको थियो ।

तर, डल्ले च्याउको मूल्य १ सय रुपैयाँ घटेर ३२६.६७ रुपैयाँ, ब्रोकाउली ८१ रुपैयाँ घटेर ९५ रुपैयाँ, रातो बन्दा ८४ रुपैयाँ घटेर २२६ रुपैयाँमा झरेको फलफूल तथा तरकारी बजार विकास समितिले जनाएको छ ।

भारतीय गोलभेडा प्रतिकेजी १२० रुपैयाँ, लोकल सानो गोलभेडा ६५ रुपैयाँ र टनेलको सानोे गोलभेडा प्रतिकेजी ८३.७५ रुपैयाँ पुगेको छ ।

रातो आलु ८२ रुपैयाँ, भारतीय रातो आलु ५९ रुपैयाँ, मुडे आलुको ७२.६७ रुपैयाँ, भारतीय प्याज सुकेको १२७.६७ रुपैयाँ, लोकल गाजर १३५ रुपैयाँ, तराईको गाजर १२५ रुपैयाँ, लोकल बन्दा ७५ रुपैयाँ, तराईको बन्दा ६५ रुपैयाँ, स्थानिय काउली ७० रुपैयाँ कायम छ ।

रातो मूला, सेतो मूला (हाइब्रीड) ४५ रुपैयाँ तोकिएको छ । यस्तै तने बोडी १२५ रुपैयाँ, मकै बोडी ९५ रुपैयाँ, लोकल घिउ सिमी १२५ रुपैयाँ, हाइब्रीड घिउ सिमी १२५ रुपैयाँ र तितो करेला आज ९५ रुपैयाँ छ । लौका ८५ रुपैयाँ, परवर ११० रुपैयाँ, चिचिण्डो ७५ रुपैयाँ, घिरौला ९५ रुपैयाँ रुपैयाँ पुगेको छ ।[pdf id=514159]

Share News