सम्पत्ति, घर बहाल, व्यवसाय कर असुली गर्न महानगरले पठायो अनुगमन टोली

काठमाडौं । काठमाडौं महानगरपालिकाले अनुगमन टोली बजारमा पठाएको छ । महानगरपालिकाले कर तिरे वा नतिरेको विषयमा अनुगमन टोली खटाएको जनाएको छ ।

महानगरपालिकाको राजस्व विभागबाट सम्पत्ति कर, घर बहाल कर, व्यवसाय कर, आदि तिर्न बुझाउन अनुरोध गर्ने, करका विषयमा जानकारी दिने तथा कर दाताहरूलाई आवश्यक सहजीकरण तथा समन्वय गर्न स्थलगत रूपमा कर अनुगमन टोली खटाइएको जनाएको छ ।

कर अनुगमन टोली करदाताको व्यवसाय स्थलमा आउँदा दर्ता तथा नवीकरण, कर तिरेको प्रमाण दर्ता प्रमाणपत्र लगायत टोलीले माग गरेको बिबरण उपलब्ध गराई राजस्व असुली कार्यमा सहयोग गर्न महानगरपालिकाले अनुरोध गरेको छ ।

साथै बुझाउनुपर्ने करका लागि आवश्यक पर्ने कागजात लगायत द्विविधा भएका बिषयमा जानकारी लिन सकिने महानगरपालिकाले जनाएको छ ।

Share News