घट्यो तरकारीको मूल्य, गोलभेडा ५५ रुपैयाँ

<p>काठमाडौं । सवारी आवागमनमा सहज भएसँगै फलफूल तथा तरकारीको मूल्य पसिन घटेको छ । उपत्यका भित्रिने सवारी साधन बाढी पहिरोका कारण फलफूल तथा तरकारी पनि रोकिएको थियो । त्यसैले तरकारीको मूल्य पनि बढेको थियो । तर, हिजोदेखि सवारी साधन सञ्चालनमा सहज भइसकेपछि तरकारीको मूल्य पनि घटेको हो । फलफूल तथा तरकारी बजार विकास समिति कालीमाटीका [&hellip;]</p>

काठमाडौं । सवारी आवागमनमा सहज भएसँगै फलफूल तथा तरकारीको मूल्य पसिन घटेको छ । उपत्यका भित्रिने सवारी साधन बाढी पहिरोका कारण फलफूल तथा तरकारी पनि रोकिएको थियो । त्यसैले तरकारीको मूल्य पनि बढेको थियो । तर, हिजोदेखि सवारी साधन सञ्चालनमा सहज भइसकेपछि तरकारीको मूल्य पनि घटेको हो ।

फलफूल तथा तरकारी बजार विकास समिति कालीमाटीका अनुसार भारतीय गोलभेडा प्रतिकेजी १३५ रुपैयाँ, लोकल सानो गोलभेडा ५५ रुपैयाँ र टनेलको सानोे गोलभेडा प्रतिकेजी ६६.५० रुपैयाँ पुगेको छ ।

रातो आलु ८१ रुपैयाँ, भारतीय रातो आलु ५९ रुपैयाँ, मुडे आलुको ७६ रुपैयाँ, भारतीय प्याज सुकेको १२२ रुपैयाँ, लोकल गाजर १३५ रुपैयाँ, तराईको गाजर १२५ रुपैयाँ, लोकल बन्दा ७५ रुपैयाँ, तराईको बन्दा ६५ रुपैयाँ, स्थानिय काउली ७८.७५ रुपैयाँ कायम छ ।

रातो मूला, सेतो मूला (हाइब्रीड) ४५ रुपैयाँ तोकिएको छ । यस्तै तने बोडी १२५ रुपैयाँ, मकै बोडी ९५ रुपैयाँ, लोकल घिउ सिमी ११० रुपैयाँ, हाइब्रीड घिउ सिमी ११० रुपैयाँ र तितो करेला आज ९५ रुपैयाँ छ । लौका ८५ रुपैयाँ, परवर ११० रुपैयाँ, चिचिण्डो ५५ रुपैयाँ, घिरौला ११० रुपैयाँ रुपैयाँ पुगेको छ ।[pdf id=513889]

Share News