राष्ट्रिय वाणिज्य बैंकले ल्यायो प्रदेश विशेष कृषि कर्जा प्रडक्ट

<p>काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले एक प्रदेश एक विशेष कार्यक्रम अन्तर्गत ‘प्रदेश विशेष कृषि कर्जा’ प्रडक्ट ल्याएको छ । बैंकले सातै प्रदेशका कृषि क्षेत्रको विकासमा टेवा पुर्याउने उद्धेश्यले प्रदेश विशेष कृषि कर्जा’ प्रडक्ट ल्याएको हाे । प्रदेशगत विशेष कृषि उपजहरूमा ५ करोड रुपैयाँसम्म कर्जा दिने बैंकले जनाएको छ । कानूनी रुपमा फर्म वा कम्पनीमा दर्ता भई [&hellip;]</p>

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले एक प्रदेश एक विशेष कार्यक्रम अन्तर्गत ‘प्रदेश विशेष कृषि कर्जा’ प्रडक्ट ल्याएको छ । बैंकले सातै प्रदेशका कृषि क्षेत्रको विकासमा टेवा पुर्याउने उद्धेश्यले प्रदेश विशेष कृषि कर्जा’ प्रडक्ट ल्याएको हाे ।

प्रदेशगत विशेष कृषि उपजहरूमा ५ करोड रुपैयाँसम्म कर्जा दिने बैंकले जनाएको छ । कानूनी रुपमा फर्म वा कम्पनीमा दर्ता भई कृषि व्यवसायमा आबद्ध कृषकले कर्जाको लागि आवेदन दिन सक्ने बैंकले जनाएको छ ।

कोशी प्रदेशमा अलैंची, मधेश प्रदेशमा माछा, बाग्मती प्रदेशमा कुखुरा, गण्डकी प्रदेशमा फलफुल, लुम्बिनी प्रदेशमा पशुपालन, कर्णाली प्रदेशमा जडिबुटी र सुदूरपश्चिम प्रदेशमा केरा खेतीलाई विशेष कृषि उपज निर्धारण गरी बैंकले कृषि कर्जा निर्देशिका, २०६९ (संशोधन सहित) अनुसार लगानी गरिने यो कर्जा अधिकतम १० वर्ष अवधिका लागि प्रदान गर्नेछ ।

आधारदरमा ०.५० प्रतिशत प्रिमियमदर जोडेर ब्याजदर निर्धारण गरिने यस कर्जामा खुद व्यापारिक सम्पत्तिको अधिकतम ७० प्रतिशतसम्म कर्जा लगानी गर्ने बैंकको भनाइ छ । ग्राहकले सञ्चालन गर्ने कृषि परियोजना नै धितोको रुपमा रहने छ भने आवश्यकता अनुसार घर÷जग्गा समेत धितो सुरक्षणको रुपमा स्वीकार गर्न सकिने छ । कर्जाको बीमा गरेको हुनुपर्नेछ । बैंकको देशैभर रहेका सम्पूर्ण शाखा कार्यालयबाट प्रदेश विशेष कृषि कर्जा प्रदान गरिने बैंकले बताएको छ ।

७७ जिल्लाका सदरमुकाम सहित देशैभर रहेका २९४ शाखा कार्यालय, ३१२ एटीएम, ९९ वटा शाखारहित बैंकिङ्ग सेवा, ७३ वटा एक्स्टेन्सन काउण्टर, क्यूआर कोड सेवा, पीओएस सेवा, क्रेडिट, डेबिट कार्ड, कनेक्ट आईपीएस, स्मार्ट क्याूआर टेलर (बिना चेक रकम झिक्न सकिने), ईन्टरनेट बैंकिङ्ग, मोवाईल बैंकिङ्ग र बिना ईन्टरनेट चल्ने यूएसएसडी मोवाईल बैंकिङ्गका सेवाहरु समेत सञ्चालनमा रहेका छन् ।

Share News