मुक्तिनाथ फाउन्डेसनको तेस्रो वाषिकोत्सवको अवसरमा रक्तदान कार्यक्रम

<p>काठमाडौं । मुक्तिनाथ फाउण्डेशनले आफ्नो तेस्रो वार्षिकोत्सव अवसरमा रक्तदान रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । तेस्रो वार्षिकोत्सवमा आयोजित रक्तदान कार्यक्रममा ५५ पोका रगत संकलन भएको थियाे । साथै वार्षिकाेत्सवकाे अवसरमा ४८ जनाले नि:शुल्क दन्त परीक्षण सेवा लिएका छन् । रक्तदान कायक्रमलाई केन्द्रीय रक्तसञ्चार केन्द्रबाट र दन्त परीक्षण सेवाको लागि कान्तिपुर डेन्टल अस्पतालको प्राविधिक सहयोग प्राप्त [&hellip;]</p>

काठमाडौं । मुक्तिनाथ फाउण्डेशनले आफ्नो तेस्रो वार्षिकोत्सव अवसरमा रक्तदान रक्तदान कार्यक्रम सम्पन्न गरेको छ ।

तेस्रो वार्षिकोत्सवमा आयोजित रक्तदान कार्यक्रममा ५५ पोका रगत संकलन भएको थियाे । साथै वार्षिकाेत्सवकाे अवसरमा ४८ जनाले नि:शुल्क दन्त परीक्षण सेवा लिएका छन् ।

रक्तदान कायक्रमलाई केन्द्रीय रक्तसञ्चार केन्द्रबाट र दन्त परीक्षण सेवाको लागि कान्तिपुर डेन्टल अस्पतालको प्राविधिक सहयोग प्राप्त भएको थियो ।

सामाजिक तथा आर्थिक रूपले पछाडि परेका र पारिएका व्यक्ति तथा समुदायलाई प्रत्यक्ष सहयोग गरी सकारात्मक रूपान्तरण गर्ने उद्देश्यले मुक्तिनाथ फाउण्डेशन स्थापित भएकाे हाे ।

Share News