सेबोनले अध्यक्ष नपाउँदा २२ पब्लिक कम्पनीको बिजनेस प्रभावित, साढे १४ अर्बको हकप्रद सेयर थन्कियो

<p>काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन)ले नेतृत्व नपाउँदा हकप्रद सेयर निष्काशन गर्ने कम्पनीको बिजनेस प्रभावित भएको छ । हकप्रद सेयरमार्फत् पुँजी बढाएर बजारमा आक्रामक ढंगले अगाडि बढ्ने व्यावसायिक योजना बनाएका पब्लिक कम्पनीको रणनीतिमा सेबोनको नेतृत्व नहुँदा धक्का लागेको हो । सेबोनले समयमै अध्यक्ष नपाउँदा २२ पब्लिक कम्पनीको साढे १९ करोड ४० लाख कित्ता हकप्रद सेयर [&hellip;]</p>

काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन)ले नेतृत्व नपाउँदा हकप्रद सेयर निष्काशन गर्ने कम्पनीको बिजनेस प्रभावित भएको छ । हकप्रद सेयरमार्फत् पुँजी बढाएर बजारमा आक्रामक ढंगले अगाडि बढ्ने व्यावसायिक योजना बनाएका पब्लिक कम्पनीको रणनीतिमा सेबोनको नेतृत्व नहुँदा धक्का लागेको हो ।

सेबोनले समयमै अध्यक्ष नपाउँदा २२ पब्लिक कम्पनीको साढे १९ करोड ४० लाख कित्ता हकप्रद सेयर पाइपलाइनमै छ । हकप्रद सेयर निष्काशनका लागि २२ कम्पनीले सेबोनमा आवेदन दिएका छन् । विगत ८ महिनादेखि सार्वजनिक निष्काशनको स्वीकृति अघि बढ्न नसक्दा त्यसको प्रत्यक्ष प्रभाव कम्पनीहरूको व्यवसायमा परेको हाे ।

सेबोनले सार्वजनिक गरेको तथ्याङ्कअनुसार पाइपलाइनमा रहेका २२ वटा कम्पनीहरूले १९ अर्ब ४० करोड २५ लाख रुपैयाँ बराबरको हकप्रद सेयर निष्कासन गर्न निवेदन दिएका हुन् । जसमध्ये सबैभन्दा धेरै लाइफ इन्स्योरेन्स कर्पोरेसनको रहेको छ ।

यस कम्पनीको मात्रै २ करोड ३४ लाख कित्ता हकप्रद सेयर निष्काशनको लागि आवेदन परेको छ । कम्पनीले २०८० असोज २९ गते नै निवेदन पेश गरेको थियो ।

दोस्रो धेरै हकप्रद सेयर निष्काशन गर्न लागेको कम्पनी हो न्याग्दी ग्रुप पावर । कम्पनीको १ करोड ८५ लाख कित्ता हकप्रद सेयर निष्काशन गर्न आवेदन दिएको छ । कम्पनीले २०८० भदौ २१ गते नै आवेदन पेश गरेको थियो ।

त्यस्तै, १ करोड भन्दा माथि हकप्रद सेयर निष्काशन गर्ने कम्पनी सात वटा रहेका छन् । बलेफी हाइड्रोपावरको १ करोड ८२ लाख कित्ता, शिव श्री हाइड्रोपावर लिमिटेडको १ करोड ४७ लाख कित्ता, सन नेपाल लाइफ इन्स्योरेन्सको १ करोड ६ लाख, दोर्दी खोला जलविद्युतको १ करोड ५ लाख र एशिएन हाइड्रोपावरको १ करोड ४२ लाख कित्ता हकप्रद सेयर निष्काशनको लागि आवेदन परेको छ ।

हकप्रद सेयर निष्काशनका लागि आवेदन दिनेमा ८ वटा इन्स्योरेन्स र १४ वटा हाइड्रोपावर कम्पनी रहेका छन् । गत पुस अन्तिम सातादेखि कार्यकारी अध्यक्षको पद रिक्त रहेकाले सेबोनले सार्वजनिक निष्काशन स्वीकृतिको प्रक्रिया अघि बढाउन सकेको छैन ।

Share News