काठमाडौं । आयोडिन नुनको ठेक्का साढे ७ करोड रुपैयाँमा लागेको छ । देशभरि आयोडिन नुनको ढुवानी गर्न साल्ट ट्रेडिङ्ग कर्पाेरेशनले १४ कम्पनीलाई साढे ७ करोड ५० लाख ८९ हजार रुपैयाँमा ठेक्कामा लगाएको हो । कण्ठरोग नियन्त्रण कार्यक्रम अन्तर्गत आर्थिक वर्ष २०८१/८२ को कोटाबाट दुर्गम जिल्लाहरूमा नुन ढुवानी गर्न विभिन्न १४ वटा कम्पनी छनोट भएको साल्ट ट्रेडिङ्ग कर्पाेरेशनले जनाएको छ ।
साल्ट ट्रेडिङ्ग कर्पाेरेशनका अनुसार मुस्ताङ्ग, मनाङ्ग, रुकुम पश्चिम, रुकुम पूर्व, जाजरकोट, डोल्पा, जुम्ला, कालिकोट, मुगु, बझाङ्ग, बाजुरा, हुम्ला, दार्चुला, रोल्पा, अछाम गरी कुल १५ दुर्गम जिल्लामा नुन ढुवानी गर्न १४ कम्पनी छनोट गरिएको हो ।
धौलागिरी कालिका कन्स्ट्रक्सन एण्ड सप्लायर्स, द्वा सप्लायर्स, एञ्जिला ट्रेड एण्ड सप्लायर्स, कुमार कन्स्ट्रक्सन सेवा, देउती बज्यै कन्स्ट्रक्सन एसप्रालि, ॐ जयदुर्गे जनरल अंडर सप्लायर्स, एलवि सप्लायर्स, एस टिके भवानी निर्माण ए सप्लायर्स सेवा प्रालि, कालभैरव ट्रेड कन्सर्न एण्ड सप्लायर्स, टसी कार्गो ढुवानी सेवा, रोसन ट्रेडर्स एण्ड सप्लायर्स, भूमिराज ढुवानी सेवा, मालिका ढुवानी सेवा, रोशन ढुवानी सेवा कम्पनी छनोट भएका हुन् ।
धौलागिरी कालिका कन्स्ट्रक्सन एण्ड सप्लायर्सले मुस्ताङ्ग सदरमुकाम, डोल्पाको तिन्जे, बझाङ्ग सदरमुकाम, तल्कोट, बाजुरा मौरे, गौमूलको कृतिचौर, दार्चुलाको मा. शंकरपुर र अछाम सदरमुकाममा नुन ढुवानी गर्ने ठेक्का पाएको छ । यी ठाउँमा १२ हजार क्विण्टनल नुन ढुवानी गरेको १ करोड ९३ लाख ४९ हजार रपैयाँमा ठेक्का लागेको साल्ट टेडिले जनाएको छ । कर्पाेरेशनका अनुसार मुस्ताङ्ग सदरमुकाममा ५ सय क्विण्टल नुन ढुवानी गरेको ५ लाख ९९ हजार ५ सय रुपैयाँ, डोल्पाको तिन्जेमा १ हजार ८ सय क्विण्टल ढुवानी गरेको १ करोड ३५ लाख रुपैयाँ लिनेछ ।
यस्तै बझाङ्ग सदरमुकाममा ४ हजार क्विण्टनलको १९ लाख १६ हजार रुपैयाँ, बझाङ्गको तल्कोटमा १ हजार क्विण्टलको ६ लाख ४९ हजार रुपैयाँ, बाजुरा मौरेमा १ हजार ४ सय क्विण्टल पुर्याएको ७ लाख ६१ हजार ६ सय रुपैयाँ, गौमूलको कृतिचौरमा ५ सय क्विण्टलको ४ लाख २४ हजार ५ सय रुपैयाँ, दार्चुलाको मा. शंकरपुरमा ३ सय क्विण्टलको १ लाख ८६ हजार रुपैयाँ र अछाम सदरमुकाममा २ हजार ५ सय क्विण्टल नुन पुर्याएको १३ लाख १२ हजार ५ सय रुपैयाँ लिने कर्पाेरेशनको भनाइ छ ।
द्वा सप्लायर्सले मनाङ्ग सदरमुकाममा ४ सय क्विण्टल नुन ढुवानी गरेको ५ लाख ५६ हजार रुपैयाँ कर्पाेरेशनबाट लिनेछ । कुमार कन्स्ट्रक्सन सेवाले रुकुम पूर्व रुकुमकोट र तकसेरा तकमा १ हजार ४ सय क्विण्टल नुन पुर्याएको ११ लाख ६६ हजार ४८८ रुपैयाँ ढुवानी भाडा लिनेछ ।
एञ्जिला ट्रेड एण्ड सप्लायर्सले रुकुम पश्चिम मुसिकोट, चौरजहारी, जाजरकोट थलहबजार, डोल्पा सदरमुकाम, जुफाल, सर्मि, लिक, जुम्लाको नराकोट र गोरुचौरमा ११ हजार १ सय क्विण्टल नुन ढुवानी गरेको ८० लाख ७६ हजार ६७५ रुपैयाँ ढुवानी शुल्क लिनेछ । जसमध्ये रुकुम पश्चिम मुसिकोटमा ४ हजार ५ सय क्विण्टल नुन ढुवानी गर्दा २३ लाख ८९ हजार ९५० रुपैयाँ, रुकुम पश्चिम चौरजहारीमा ८ सय क्विण्टलको ३ लाख ७० हजार ६४० रुपैयाँ, जाजरकोट थलहबजारमा १ हजार २ सय क्विण्टलको ५ लाख ८९ हजार ८६० रुपैयाँ लिनेछ ।
यस्तै डोल्पाको सदरमुकाममा १ हजार ५ सय क्विण्टलको १३ लाख ४२ हजार ४४० रुपैयाँ, जुफालमा ५ सय क्विण्टलको ४ लाख ४३ हजार ५२५ रुपैयाँ, सर्मिमा ३ सय क्विण्टलको ७ लाख ४५ हजार ८ सय रुपैयाँ, लिकमा ३ सय क्विण्टलको ३ लाख ५ हजार १०० रुपैयाँ र जुम्लाको नराकोटमा १ हजार क्विण्टल नुन पुर्याएको ९ लाख ६ हजार २६० रुपैयाँ लिने साल्ट ट्रेडिङ कर्पाेरेशनले जनाएको छ ।
देउती बज्यै कन्स्ट्रक्सन ए.स. प्रालिले जाजरकोट जुनिचांदीको तांगा, जुम्ला सदरमुकाम, कालिकोट, कालिकोटको रास्कोट, मुगु सदरमुकाम र श्रीकोट, बाजुरा, कोल्टी, कवाडी, धुलाचौर, दार्चुलाको खण्डेश्वरी, दुहु गौरमारा र अछामको मुजाबगरमा १७ हजार २ सय क्विण्टल नुन ढुवानी गरेको १ करोड ५१ लाख २ हजार १ सय रुपैयाँ भाडा लिनेछ ।
ॐ जयदुर्गे जनरलले डोल्पाको काइगाउँ ३ सय क्विण्टलको ५ लाख ७० हजार रुपैयाँ, एल.बि. सप्लायर्सले मुगु सोरुकोट र बाजुरा पाण्डवगुफाको वेरमा १ हजार ४ सय क्विण्टल नुन ढुवानी गरेको २० लाख ६६ हजार रुपैयाँ ढुवानी भाडा लिने भएका हुन् ।
एस टिके भवानीले बझाङ्गको बागथलामा १ हजार २ सय क्विण्टल नुन पुर्याएको ४ लाख ७८ हजार ८ सय रुपैयाँ, कालभैरव ट्रेड कन्सर्नले बाजुरा सदरमुकाम, अछामको कमलबजार,साफेँबगर र बाजुरा छेदेदहको डोगडीमा ४ हजार ८ सय क्विण्टल नुन पुर्याएको ३० लाख ९० हजार २३७ रुपैयाँ ढुवानी भाडा लिने साल्ट ट्रेडिङ कर्पाेरेशनको भनाइ छ ।
टसी कार्गोले हुम्लाको श्रीनगरमा ९ सय क्विण्टल नुन पुर्याएको ९ लाख ९० हजार रुपैयाँ र सिमिकोटमा हवाईमार्गमार्फत् १ हजार १ सय क्विण्टल नुन पुर्याएको १ करोड ४६ लाख ३० हजार रुपैयाँ ढुवानी भाडा लिने कर्पाेरेशनले जनाएको छ । रोसन ट्रेडर्सले हिल्सा याल्वाङ्गमा ५ सय क्विण्टल नुन ढुवानी गरेको १९ लाख ७४ हजार ६७५ रुपैयाँ, मालिका ढुवानी सेवाले दार्चुलाको व्यास सुन्सेरामा ५ सय क्विण्टल नुन पुर्याएको ५ लाख ९९ हजार रुपैयाँ लिनेछ ।
भूमिराज ढुवानी सेवाले दार्चुला सदरमुकाम, दार्चुलाको गोकुलेश्वर, नौगाड होपरीगाड, अछामको मेल्लेख र चौरपाटीमा ७ हजार ८ सय क्विण्टल नुन ढुवानी गरेको ४८ लाख ४० हजार २ सय रुपैयाँ, रोशन ढुवानी सेवाले रोल्पा, अछामको ढकारी र विनायकमा २ हजार ३ सय क्विण्टल नुन ढुवानी गरेको १५ लाख ९९ हजार ८५४ रुपैयाँ भाडा लिने ट्रेडिङ कर्पाेरेशनले बताएको छ ।