हिमालयन बैंकको नाफा ८१.६० प्रतिशतले बढ्यो, कस्ता छन् अन्य सूचक ?

<p>काठमाडौं । हिमालयन बैंकले गत आर्थिक वर्ष २०८०/८१ मा खुद नाफा ८१.६० प्रतिशतले बढाएको छ । बैंकले गत आर्थिक वर्षमा २ अर्ब ८३ करोड रुपैयाँ खुद नाफा गरेर सो नाफा वृद्धि गरेको हो । अघिल्लो आवको सोही अवधिमा बैंकले १ अर्ब ५६ करोड रुपैयाँ खुद नाफा गरेको थियो । बैंकको खुद ब्याज आम्दानी ११ अर्ब [&hellip;]</p>

काठमाडौं । हिमालयन बैंकले गत आर्थिक वर्ष २०८०/८१ मा खुद नाफा ८१.६० प्रतिशतले बढाएको छ । बैंकले गत आर्थिक वर्षमा २ अर्ब ८३ करोड रुपैयाँ खुद नाफा गरेर सो नाफा वृद्धि गरेको हो । अघिल्लो आवको सोही अवधिमा बैंकले १ अर्ब ५६ करोड रुपैयाँ खुद नाफा गरेको थियो ।

बैंकको खुद ब्याज आम्दानी ११ अर्ब ६१ करोड रुपैयाँ गरेको छ । अघिल्लो आवको सोही अवधिमा बैंकले ९ अर्ब ९२ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो ।

बैंकले गत आर्थिक वर्षमा २ खर्ब ९३ अर्ब ८९ करोड रुपैयाँ निक्षेप संकलन गरी २ खर्ब ३२ अर्ब ७१ करोड रुपैयाँ कर्जा लगानी गरेको छ ।

गत असारसम्म बैंकको चुक्ता पुँजी २१ अर्ब ६५ करोड रुपैयाँ र जगेडा कोष २२ अर्ब ४३ करोड रुपैया सञ्चित छ । यस्तै बैंकको वितरणयोग्य नाफा ऋणात्मक रहेको छ ।

बैंकको प्रतिसेयर आम्दानी १३.१० रुपैयाँ छ भने प्रतिसेयर नेटवर्थ १७६.९० रुपैयाँ रहेको छ । बैंकको खराब कर्जा भने ४.९१ प्रतिशत कायम भएको छ ।

Share News