ग्लोबल आइएमई बैंकको नाफा ६ अर्ब बढी, यस्ता छन् अन्य सूचक

<p>काठमाडौं । ग्लोबल आइएमई बैंकले बैंकले गत आर्थिक वर्ष २०८०/८१ मा ६ अर्ब १ करोड रुपैयाँ खुद नाफा गरेको छ । बैंकले अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा ६ अर्ब ६९ करोड रुपैयाँ खुद नाफा गरेको थियो । अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा अहिले बैंकको नाफा १०.१३ प्रतिशतले घटेको छ । समीक्षा अवधीमा बैंकको खुद [&hellip;]</p>

काठमाडौं । ग्लोबल आइएमई बैंकले बैंकले गत आर्थिक वर्ष २०८०/८१ मा ६ अर्ब १ करोड रुपैयाँ खुद नाफा गरेको छ । बैंकले अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा ६ अर्ब ६९ करोड रुपैयाँ खुद नाफा गरेको थियो । अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा अहिले बैंकको नाफा १०.१३ प्रतिशतले घटेको छ ।

समीक्षा अवधीमा बैंकको खुद ब्याज आम्दानी २.७४ प्रतिशत घटेको छ भने खुद फि तथा कमिशन आम्दानी २९.९० प्रतिशत बढेको छ । बैंकको वितरणयोग्य नाफा १ अर्ब १० करोड रुपैयाँ छ ।

बैंकको कुल सञ्चालन आम्दानी २.९६ प्रतिशत बढेको छ भने सञ्चालन नाफा ८.२५ प्रतिशत घटेको छ ।

३६ अर्ब १२ करोड रुपैयाँ चुक्ता पूँजी रहेको यस बैंकको जगेडा कोषमा २४ अर्ब ८५ करोड रुपैयाँ सञ्चित छ । समीक्षा अवधिमा बैंकको निक्षेप १४.३४ प्रतिशत बढेको छ भने कर्जा ४.२३ प्रतिशत बढेको छ ।

समीक्षा अवधिमा बैंकको खराब कर्जा ३.१५ प्रतिशतबाट बढेर ४.३७ प्रतिशत पुगेको छ।

ग्लोबल आइएमई बैंकको प्रतिसेयर आम्दानी १६.६५ रुपैयाँ रहेको छ भने प्रतिसेयर नेटवर्थ १६९.८१ रुपैयाँ छ ।

Share News