रातो मत्स्येन्द्रनाथको भोटो देखाइयो

<p>काठमाडौं । वर्षा र सहकालका देवता रातो मत्स्येन्द्रनाथको भोटो देखाइएको छ । आइतबार ललितपुरको जावलाखेलमा जात्राको अन्तिम दिन भोटो देखाइएको हो । मत्स्येन्द्रनाथको रथ जावलाखेल पुर्याइएको चौथो दिन भोटो देखाउने परम्पराअनुसार आईतवार राष्ट्रपति रामचन्द्र पौडेलको उपस्थितिमा भोटो देखाइएको हो । अवलोकनका लागि राष्ट्रपतिसँगै उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री केपी शर्मा ओली लगायत उच्च पदस्थ व्यक्तिहरुको उपस्थिति [&hellip;]</p>

काठमाडौं । वर्षा र सहकालका देवता रातो मत्स्येन्द्रनाथको भोटो देखाइएको छ ।

आइतबार ललितपुरको जावलाखेलमा जात्राको अन्तिम दिन भोटो देखाइएको हो । मत्स्येन्द्रनाथको रथ जावलाखेल पुर्याइएको चौथो दिन भोटो देखाउने परम्पराअनुसार आईतवार राष्ट्रपति रामचन्द्र पौडेलको उपस्थितिमा भोटो देखाइएको हो ।

अवलोकनका लागि राष्ट्रपतिसँगै उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री केपी शर्मा ओली लगायत उच्च पदस्थ व्यक्तिहरुको उपस्थिति रहेको थियो । भोटो जात्रा लिच्छवीकालदेखि मनाउने गरिएको विश्वास छ ।

कपडाको थैलीमा शिलबन्दी गरेर राखिएको मणिमणिक्य जडित भोटो अवलोकन गर्न जावलाखेलमा सर्वसाधारणको बाक्लो उपस्थिति रहेको थियो । गुठी संस्थानका प्रतिनिधिले भोटो देखाएका थिए । सो अवसरमा राष्ट्रपति पौडेलसहितका उच्च पदस्थ व्यक्तिहरुले टिका, प्रसाद ग्रहण गरेका थिए ।

Share News