डिआईजी केसीको सरुवालाई सामान्य प्रक्रियाको रूपमा लिन गृहमन्त्री लेखकको आग्रह

<p>काठमाडौं । गृहमन्त्री रमेश लेखकले डिआईजी मनोज केसीको सरुवालाई सामान्य प्रक्रियाको रूपमा लिन आग्रह गरेका छन् । राष्ट्रिय सभा अन्तर्गतको विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा बोल्दै गृहमन्त्री लेखकले डिआईजी केसीको सरुवालाई सामान्य रुपमा लिन आग्रह गरेका हुन् । बैठकमा बोल्दै नेकपा(एकीकृत समाजवादी)का सांसद घनश्याम रिजालले केसीको नाम उल्लेख नगरिकन गृहमन्त्रीले डिआईजीलाई दुई महिना [&hellip;]</p>

काठमाडौं । गृहमन्त्री रमेश लेखकले डिआईजी मनोज केसीको सरुवालाई सामान्य प्रक्रियाको रूपमा लिन आग्रह गरेका छन् । राष्ट्रिय सभा अन्तर्गतको विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा बोल्दै गृहमन्त्री लेखकले डिआईजी केसीको सरुवालाई सामान्य रुपमा लिन आग्रह गरेका हुन् ।

बैठकमा बोल्दै नेकपा(एकीकृत समाजवादी)का सांसद घनश्याम रिजालले केसीको नाम उल्लेख नगरिकन गृहमन्त्रीले डिआईजीलाई दुई महिना नपुग्दै सरुवा किन गरिएको भन्दै प्रश्न गरेपछि मन्त्री लेखकले यसको जवाफ दिएका हुन् । उनले कर्मचारीहरुको सरुवा, बढुवा नियमित प्रक्रिया भएको भन्दै डिआईजी केसीलाई योग्यतम ठाउँमा लगिएको बताए । केसी योग्य व्यक्ति भएको भन्दै प्रहरीलाई तालिम दिने स्थानमा लगिएको बताए । सरुवा गरेर जिआईजीको ठाउँमा डिआईजी नै ल्याइएको भन्दै यसलाई सामान्य प्रक्रियाको रुपमा लिन आग्रह गरे ।

‘सरुवाको कुरा भन्नुभयो, कर्मचारीको सरुवा हुन्छ । सामान्यतया अवधि तोकेको हुन्छ, यति अवधिपछि हुन्छ है भनेर । तर कहिलेकाहीँ अवधिभन्दा पहिला पनि हुन्छ । जहाँसम्म यहाँले जुन पदको सरुवाको कुरा गर्नुभएको छ, उहाँ अत्यन्त योग्य मानिस हो । र योग्यतम ठाउँमा पुग्नुभएको छ’, उनले भने ।

गृहमन्त्री लेखकले सदाचार नीति आवश्यक रहेको भन्दै सरकार यो नीतिलाई पारित गरेर लागू गर्नका लागि प्रतिवद्ध छ रहेको बताए । सदाचार नीति अघि बढाउने प्रतिवद्धता व्यक्त गरे ।

Share News