सिन्धु विकास बैंकका सीईओ गिरीले दिए राजीनामा

<p>काठमाडौं । सिन्धु विकास बैंकका प्रमुख कार्यकरी अधिकृत (सीईओ) रामकुमार गिरीले राजीनामा दिएका छन् । सीईओ गिरीले आफ्नो व्यक्तिगत कारण जनाई गत साउन ६ गतेबाट आफ्नो पदबाट राजीनामा दिएको कम्पनीका सचिव प्रमोद न्यौपानेले जानकारी दिए । साथै, साउन १४ गते बसेको बैंकको सञ्चालक समितिको बैठकले सीईओ गिरीको राजीनामा स्विकृत गर्ने निणर्य गरेको हो । सोही [&hellip;]</p>

काठमाडौं । सिन्धु विकास बैंकका प्रमुख कार्यकरी अधिकृत (सीईओ) रामकुमार गिरीले राजीनामा दिएका छन् ।

सीईओ गिरीले आफ्नो व्यक्तिगत कारण जनाई गत साउन ६ गतेबाट आफ्नो पदबाट राजीनामा दिएको कम्पनीका सचिव प्रमोद न्यौपानेले जानकारी दिए ।

साथै, साउन १४ गते बसेको बैंकको सञ्चालक समितिको बैठकले सीईओ गिरीको राजीनामा स्विकृत गर्ने निणर्य गरेको हो ।

सोही बैठकले बैंकका नायब प्रमुख कार्यकारी अधिकृत गणेश कुमार केसीलाई साउन १४ गतेबाट लागु हुने गरी बैंकको कायम मुकायम प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी दिने निणर्य गरेको हो ।

Share News