सुनचाँदीको असर्फी किन्न नागरिकता अनिवार्य

<p>काठमाडौं । नेपाल राष्ट्र बैंकबाट सुनचाँदीका असर्फी, स्मारिका सिक्का र मेडालियन खरिद गर्न अब नागरिकले अनिवार्य रूपमा नागरिकतालगायतका परिचयपत्र पेस गर्नुपर्ने भएको छ । केन्द्रीय बैंकको मुद्रा व्यवस्थापन विभागले मंगलबार एक सूचना जारी गर्दै बिक्री हुने विभिन्न प्रकारका असर्फी, स्मारिका सिक्का र मेडालियनको कम्प्यूटर बिलिङ उपलब्ध गराइने व्यवस्था मिलाइएकोले अनिवार्य परिचयपत्र ल्याउन आग्रह गरेको हो [&hellip;]</p>

काठमाडौं । नेपाल राष्ट्र बैंकबाट सुनचाँदीका असर्फी, स्मारिका सिक्का र मेडालियन खरिद गर्न अब नागरिकले अनिवार्य रूपमा नागरिकतालगायतका परिचयपत्र पेस गर्नुपर्ने भएको छ ।

केन्द्रीय बैंकको मुद्रा व्यवस्थापन विभागले मंगलबार एक सूचना जारी गर्दै बिक्री हुने विभिन्न प्रकारका असर्फी, स्मारिका सिक्का र मेडालियनको कम्प्यूटर बिलिङ उपलब्ध गराइने व्यवस्था मिलाइएकोले अनिवार्य परिचयपत्र ल्याउन आग्रह गरेको हो ।

असर्फी, स्मारिका सिक्का र मेडालियन खरिदका लागि अनुरोध गर्दा ग्राहकले अनिवार्य रूपमा आफ्नो परिचय खुल्ने जस्तै नेपाली नागरिकताको प्रमाणपत्र वा राष्ट्रिय परिचयपत्र वा चालक अनुमति पत्र वा मतदाता परिचयपत्र वा राहदानी वा नेपाली नागरिकताको प्रमाणपत्र नम्बर उल्लेख भएको अन्य प्रमाणपत्रमध्ये कुनै एक ल्याउनुपर्ने जारी विज्ञप्तिमा उल्लेख छ ।

यस्तै, विदेशी नागिरककाे हकमा भने पासपाेर्ट पेस गर्नुपर्ने व्यवस्था गरिएकाे पनि बैंकले जनाएकाे छ ।

Share News