राष्ट्र बैंकको अस्थिर नीतिमाथि संसदमा छलफल, सांसदको प्रश्न : नियामकको चाबी कसको हातमा छ ?

<p>काठमाडौं । प्रतिनिधिसभा संसदमा राष्ट्र बैंकले अस्थिर नीति अघि सारेको आरोप लागेको छ । आइतबार प्रतिनिधि सभाको बैठकमा सांसद हरि ढकालले राष्ट्र बैंकले अस्थिर नीति अवलम्बन गरेको बताएका हुन् । उनले राष्ट्र बैंकको नेतृत्वले आफू अनुकुलको व्यक्ति अर्थमन्त्री बन्दा सहज नीति बनाउने र अर्कै राजनीतिक दलको व्यक्ति अर्थमन्त्री बन्दा कडाइ नीति अवलम्वन गरिरहेको आरोप लगाए [&hellip;]</p>

काठमाडौं । प्रतिनिधिसभा संसदमा राष्ट्र बैंकले अस्थिर नीति अघि सारेको आरोप लागेको छ । आइतबार प्रतिनिधि सभाको बैठकमा सांसद हरि ढकालले राष्ट्र बैंकले अस्थिर नीति अवलम्बन गरेको बताएका हुन् ।

उनले राष्ट्र बैंकको नेतृत्वले आफू अनुकुलको व्यक्ति अर्थमन्त्री बन्दा सहज नीति बनाउने र अर्कै राजनीतिक दलको व्यक्ति अर्थमन्त्री बन्दा कडाइ नीति अवलम्वन गरिरहेको आरोप लगाए ।

‘विगतमा धेरै पटक राष्ट्र बैंकले नीति सच्याउनु पर्छ भनेर आवाज उठाएँ । तर, त्यो सच्याइएन, अहिलेको मौद्रिक नीति उत्साह गर्ने खालको छ । तर, नियामक राष्ट्र बैंकको चाबी कसको हातमा छ ? उनले प्रश्न गर्दै भने, ‘पायक पर्दा त्यो चाबी कसरी खोलिँदो रहेछ भन्ने पुष्टि भयो ।’

उनले यो अवधिमा सेयर लगानीकर्ताकर्ताले १४ खर्ब रुपैयाँ डुबेको धारणा राखेका छन् । राष्ट्र बैंकले स्थिर नीति अवलम्बन गर्नुपर्ने उनको भनाइ छ ।

सम्बन्धित सामग्री : गभर्नरबाट अस्थिरताको बीजारोपण

Share News