१२ किलो चरेशसहित १८ वर्षीय कुञ्जन नियन्त्रणमा  

<p>काठमाडौं । सशस्त्र प्रहरी बलले पर्सा जिल्लाको पोखरीया नगरपालिका–१ स्थित बनकटवाबाट १२ किलो चरेश, विभिन्न किसिमका सामान र एउटा मोटरसाइकलसहित एक जनालाई  नियन्त्रणमा लिएको छ । भारतको पश्चिम चम्पारन विसनपुर मटेरवा बस्ने १८ वर्षीय कुञ्जनकुमार महतोलाई साउन  १२ गते सशस्त्र प्रहरी बल, नेपाल सुरक्षा बेश पोखरीयाले नियन्त्रणमा लिएको हो । बीआर २२ एबी १२९२ नम्बरको [&hellip;]</p>

काठमाडौं । सशस्त्र प्रहरी बलले पर्सा जिल्लाको पोखरीया नगरपालिका–१ स्थित बनकटवाबाट १२ किलो चरेश, विभिन्न किसिमका सामान र एउटा मोटरसाइकलसहित एक जनालाई  नियन्त्रणमा लिएको छ ।
भारतको पश्चिम चम्पारन विसनपुर मटेरवा बस्ने १८ वर्षीय कुञ्जनकुमार महतोलाई साउन  १२ गते सशस्त्र प्रहरी बल, नेपाल सुरक्षा बेश पोखरीयाले नियन्त्रणमा लिएको हो ।
बीआर २२ एबी १२९२ नम्बरको मोटरसाइकलमा नेपालबाट भारततर्फ जाँदै गरेका उनलाई शंका लागि जाँच गर्दा महतोको साथबाट १२ केजी चरेश, ५ हजार ४ सय २० भारतीय रुपैयाँ, १ थान मोबाइल सेटसहित नियन्त्रणमा लिइएको हो ।
नियन्त्रणमा लिइएका महतोलाई बरामद सामान र मोटरसाइकलसहित आवश्यक कारबाहीका लागि नेपाल प्रहरीलाई बुझाइएको छ ।

Share News