आज काठमाडौं उपत्यकामा सार्वजनिक बिदा

<p>काठमाडौं । आज (साउन १३ गते आइतबार) काठमाडौं उपत्यकामा सार्वजनिक बिदा दिने निर्णय गरेको छ । काठमाडौं उपत्यका मेयर्स फोरमले आइतबार सार्वजनिक बिदा दिने निर्णय गरेको हो । कीर्तिपुर नगरपालिका प्रमुख राजकुमार नकर्मीको शोकमा उपत्यका मेयर्स फोरमले काठमाडौं, ललितपुर र भक्तपुरका स्थानीय तहमा सार्वजनिक बिदा दिने निर्णय गरेको हो । साथै उपत्यकाभित्रका सम्पूर्ण स्थानीय तह [&hellip;]</p>

काठमाडौं । आज (साउन १३ गते आइतबार) काठमाडौं उपत्यकामा सार्वजनिक बिदा दिने निर्णय गरेको छ । काठमाडौं उपत्यका मेयर्स फोरमले आइतबार सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।

कीर्तिपुर नगरपालिका प्रमुख राजकुमार नकर्मीको शोकमा उपत्यका मेयर्स फोरमले काठमाडौं, ललितपुर र भक्तपुरका स्थानीय तहमा सार्वजनिक बिदा दिने निर्णय गरेको हो । साथै उपत्यकाभित्रका सम्पूर्ण स्थानीय तह र स्थानीय तह मातहतका निकायमा सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।

वि.सं २०२१ असार २० गते जन्मिएका नकर्मीको बिहीबार मृत्यु भएको थियो । विकास प्रेमी एवं समाजसेवीका रूपमा परिचित नकर्मी वि.सं २०७९ को स्थानीय निर्वाचनमा कीर्तिपुर नगरपालिकाको प्रमुख पदमा निर्वाचित भएका थिए ।

Share News