युवराजको दबाबपछि गभर्नरले हटाए सेयरधितोमा २० करोडको सीमा

<p>काठमाडौं । नेपाल राष्ट्र बैंकले सेयरधितो कर्जामा लगाएको २० करोडको सीमा खारेज गरेको छ । गभर्नर महाप्रसाद अधिकारीले सेयर धितो कर्जामा लगाइएको २० करोडको सीमा हटाएको घोषणा गरेका हुन् । यसअघि पूर्व अर्थमन्त्री तथा प्रधानमन्त्री केपी शर्मा ओलीका आर्थिक सल्लाहकार युवराज खतिवडाले २० करोडको सीमा हटाउनु पर्ने अडान राख्दै आएका थिए । ‘धितोपत्र बजारमा बैंक [&hellip;]</p>

काठमाडौं । नेपाल राष्ट्र बैंकले सेयरधितो कर्जामा लगाएको २० करोडको सीमा खारेज गरेको छ । गभर्नर महाप्रसाद अधिकारीले सेयर धितो कर्जामा लगाइएको २० करोडको सीमा हटाएको घोषणा गरेका हुन् ।

यसअघि पूर्व अर्थमन्त्री तथा प्रधानमन्त्री केपी शर्मा ओलीका आर्थिक सल्लाहकार युवराज खतिवडाले २० करोडको सीमा हटाउनु पर्ने अडान राख्दै आएका थिए ।

‘धितोपत्र बजारमा बैंक तथा वित्तीय संस्थाबाट हुने प्रत्यक्ष ऋण लगानीलाई क्रमशः कम गर्दै मार्जिन ट्रेडिङको अवधारणालाई प्रोत्साहन गर्ने अभिप्रायसहित नेपाल राष्ट्र बैंकले हालसम्म ३४ धितोपत्र दलाल कम्पनीहरुलाई सहमति प्रदान गरिसकेको छ । मार्जिन ट्रेडिङ सहज र व्यवस्थित हुन नसकिरहेको परिस्थितिमा पुँजीबजारमा लगानी गर्ने मुख्य उद्देश्यले स्थापना भएका संस्थागत लगानीकर्ताहरुका लागि बैंक तथा वित्तीय संस्थाहरुले मार्जिन प्रकृतिको सेयर धितोमा प्रवाह गर्ने कर्जाको विद्यमान अधिकतम रु.२० करोडको सीमा खारेज गरिनेछ,’ मौद्रिक नीतिमा भनिएको छ ।

Share News