लीलादेवी गड्तौला बनिन् पहिलाे महिला मुख्यसचिव, साढे तीन दशकदेखि निजामती सेवामा

<p>काठमाडौं । सरकारले मुख्य सचिवमा लीलादेवी गड्तौलालाई नियुक्त गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद बैठकले गड्तौलालाई मुख्यसचिवमा नियुक्त गरेकाे हाे । यो नियुक्तिसँगै गड्तौला नेपालको पहिलो महिला मुख्यसचिव बनेकी छन् । तत्कालीन मुख्यसचिव बैकुण्ठ अर्याल भ्रष्टाचार मुद्दामा निलम्बनमा परेसँगै प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयकी वरिष्ठ सचिव गडतौलालाई निमित्त मुख्यसचिवको जिम्मेवारी दिइएको थियो । २०७७ कात्तिकमा सचिव भएकी [&hellip;]</p>

काठमाडौं । सरकारले मुख्य सचिवमा लीलादेवी गड्तौलालाई नियुक्त गरेको छ ।

बिहीबार बसेको मन्त्रिपरिषद बैठकले गड्तौलालाई मुख्यसचिवमा नियुक्त गरेकाे हाे । यो नियुक्तिसँगै गड्तौला नेपालको पहिलो महिला मुख्यसचिव बनेकी छन् ।

तत्कालीन मुख्यसचिव बैकुण्ठ अर्याल भ्रष्टाचार मुद्दामा निलम्बनमा परेसँगै प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयकी वरिष्ठ सचिव गडतौलालाई निमित्त मुख्यसचिवको जिम्मेवारी दिइएको थियो ।

२०७७ कात्तिकमा सचिव भएकी गडतौला आउँदो भदौ १४ गते उमेर हदका कारण अनिवार्य अवकाशमा जादै थिइन् ।

२०२३ भदौ १५ मा तेह्रथुममा जन्मेकी गड्तौला २०५२ सालमा निजामती सेवा प्रवेश गरेकी थिइन्। न्याय सेवा अन्तर्गत कानून समूहको शाखा अधिकृत पदबाट निजामती सेवा सुरू गरेकी हुन् ।

उनी भदौ १५ गतेसम्म उ मुख्यसचिव रहनेछिन्। करीब ३५ वर्ष निजामती सेवामा बिताएकी गड्तौलाले उमेर हदका कारण भदौ १५ मा अनिवार्य अवकाश पाउने बुझिएको छ ।

Share News