हामीविरुद्ध षड्यन्त्रका तानाबाना बुनिँदैछन् : अध्यक्ष नेपाल

<p>काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले आफ्नो पार्टीविरुद्ध षड्यन्त्र सुरु भएको बताएका छन् । बिहीबार पार्टी केन्द्रिय कार्यालय आलोनगरमा बसेको केन्द्रिय कमिटीको बैठकमा बोल्दै उनले पार्टीविरुद्ध विभिन्न षड्यन्त्रका तानाबानाहरु बुनिँदैछन् भन्नेकुरा पनि सुन्नमा आएको बताएका हुन् । उनले सो बारेमा यकिन नभइसकेपनि पार्टीविरुद्ध षड्यन्त्र सुरु भएको बताए । षड्यन्त्रका विरुद्धमा [&hellip;]</p>

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले आफ्नो पार्टीविरुद्ध षड्यन्त्र सुरु भएको बताएका छन् ।

बिहीबार पार्टी केन्द्रिय कार्यालय आलोनगरमा बसेको केन्द्रिय कमिटीको बैठकमा बोल्दै उनले पार्टीविरुद्ध विभिन्न षड्यन्त्रका तानाबानाहरु बुनिँदैछन् भन्नेकुरा पनि सुन्नमा आएको बताएका हुन् । उनले सो बारेमा यकिन नभइसकेपनि पार्टीविरुद्ध षड्यन्त्र सुरु भएको बताए । षड्यन्त्रका विरुद्धमा गहन विश्लेषण गरेर जानकारी हाँसिल गर्नुपर्ने बताए । पार्टीले पूर्ण शतर्कता अपनाउनुपर्ने पनि जानकारी दिए ।

‘हाम्रा विरुद्धमा अनेकौँ किसिमका षड्यन्त्रका तानाबानाहरु बुनिँदैछन् भन्नेकुरा पनि सुन्नमा आइरहेको छ । त्यस आधारमा आफ्नो तर्फबाट पूर्ण शतर्कता अपनाउनुपर्छ । यसअर्थमा विभिन्न राजनीतिक दलहरुसँग, राजनीतिक शक्तिहरुसँग हामीले संवाद जारी राख्नुपर्छ’, उनले भने ।

अध्यक्ष नेपालले विभिन्न राजनीतिक दलहरुसँग, राजनीतिक शक्तिहरुसँग संवाद जारी राख्नुपर्ने पनि बताए ।

Share News