तोलामा २४ सयले घट्यो सुनको मूल्य

<p>काठमाडौं । स्थानीय बजारमा बिहीबार सुनको मूल्य तोलामा दुई हजार चार सय रुपैयाँले घटेको छ । बुधबार प्रतितोला एक लाख ४७ हजार चार सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आजका लागि एक लाख ४५ हजार रुपैयाँ निर्धारण भएको छ । यस्तै, बुधबार प्रतितोला एक लाख ४६ हजार सात सय रुपैयाँमा कारोबार भएको तेजाबी सुन आजका [&hellip;]</p>

काठमाडौं । स्थानीय बजारमा बिहीबार सुनको मूल्य तोलामा दुई हजार चार सय रुपैयाँले घटेको छ ।

बुधबार प्रतितोला एक लाख ४७ हजार चार सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आजका लागि एक लाख ४५ हजार रुपैयाँ निर्धारण भएको छ ।

यस्तै, बुधबार प्रतितोला एक लाख ४६ हजार सात सय रुपैयाँमा कारोबार भएको तेजाबी सुन आजका लागि एक लाख ४४ हजार तीन सय रुपैयाँ निर्धारण भएको छ ।

यस्तै, चाँदीको मूल्य प्रतितोला ५५ रुपैयाँले घटेको छ । बुधबार प्रतितोला एक हजार आठ सय पाँच रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य आजका लागि भने एक हजार सात सय ५० निर्धारण भएको छ ।

Share News