काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक ज्ञानबहादुर शाही कैलालीमा अस्पताल बनाउने भन्दै चर्च बनाइएको विषयमा आपत्ति जनाएका छन् ।
मंगलबारको प्रतिनिधि सभा बैठकमा सांसद शाहीले झुटो विवरण पेस गरेर भवन र गाडी खरिद समेत गरिए पनि पछि त्यहाँ चर्च बनाइएको र स्थानीयहरू विरोधमा उत्रिएको बताएका हुन् । उनले वैदिक सनातन मान्ने मान्छेहरूलाई सैतान भन्दै चर्च बनाएको बताए । स्थानीय तहमा गएर झुटो विवरण पेश गरी धार्मिक मन्दिर,चर्च र गुम्बाहरु बनाउन नपाइने जानकारी दिए ।
‘कैलालीको धनगढी उपमहानगरपालिका वडा नम्बर ७ को मनेरामा अस्पताल बनाउन स्थानीय तहबाट अनुमति लिइयो । भवन पनि बनाइयो र गाडी पनि खरिद गरियो, पछि वैदिक सनातन मान्ने मान्छेहरूलाई सैतान भन्दै चर्च बनाइयो’, उनले भने ।
उनले धर्म प्रचार गर्ने दुई जना कोरियन नागरिक रहेको भन्दै उनीहरूलाई पक्राउ गरी कारबाही गर्न माग गरे ।