एडुसन्जाल र आइएमई पेबीच साझेदारी

<p>काठमाडौं । नेपालको पहिलो डिजिटल वालेट ‘आइएमई पे’ र शैक्षिक पोर्टल, एडु सन्जाल बिच एक्सक्लुसिव पेमेन्ट पार्टनरसिपको सम्झौता भएको छ । यी दुई संस्थाबीच भुक्तानी तथा अन्य अफरहरूको साझेदारी भएको हो । साझेदारी पश्चात् पहिलो दुई सय विद्यार्थीहरूले आइएमई पे एपमार्फत एक रुपैयाँमा एडु सन्जालले प्रदान गर्दै आएको एलएमएस-बेस्ट सिम्याट कोर्समा भर्ना हुन सक्नेछन् । [&hellip;]</p>

काठमाडौं । नेपालको पहिलो डिजिटल वालेट ‘आइएमई पे’ र शैक्षिक पोर्टल, एडु सन्जाल बिच एक्सक्लुसिव पेमेन्ट पार्टनरसिपको सम्झौता भएको छ । यी दुई संस्थाबीच भुक्तानी तथा अन्य अफरहरूको साझेदारी भएको हो ।

साझेदारी पश्चात् पहिलो दुई सय विद्यार्थीहरूले आइएमई पे एपमार्फत एक रुपैयाँमा एडु सन्जालले प्रदान गर्दै आएको एलएमएस-बेस्ट सिम्याट कोर्समा भर्ना हुन सक्नेछन् ।

यसको अतिरिक्त एडु सन्जालबाट प्राप्त हुने रेफरल कोड प्रयोग गरी आइएमई पे एपमा साइन-अप गरेका विद्यार्थी प्रयोगकर्ताहरूले यस एपमा सञ्चालन हुने ‘आइएमई क्वीज’ नामक साप्ताहिक प्रतियोगितामा भाग लिन र प्रोमोकोड जित्ने मौका पनि प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ ।

साथै, आउने दिनहरुमा आइएमई पे एपमा नयाँ अनबोर्ड हुने विद्यार्थीहरूलाई लक्षित गरी आइएमई पे एप मै विभिन्न अफर र प्रतियोगिताहरू उपलब्ध हुनेछ । यस सम्झौताबाट डिजिटल प्लेटफर्म मार्फत शिक्षाको लाभ उठाउन सकिने र डिजिटल वालेटको प्रयोगको लागि थप प्रयोगकर्ताहरू आकर्षण गर्न मद्दत मिल्ने कम्पनीको भनाइ छ ।

Share News