बागमतीको मुख्यमन्त्रीमा कांग्रेसका लामाकाे दाबी पेस

<p>काठमाडौं । नेपाली कांग्रेस संसदीय दलका नेता बहादुरसिंह लामाले बागमती प्रदेशको मुख्यमन्त्रीका लागि दाबी पेस गरेका छन् । नेकपा एमाले र कांग्रेसको समर्थनमा कांग्रेस संसदीय दलका नेता लामाले मुख्यमन्त्रीमा मंगलबार दाबी पेस गरेका हुन् । बागमती प्रदेशमा रहेको माओवादी नेतृत्वको सरकार ढलेसँगै नयाँ सरकार गठनका लागि प्रदेश प्रमुख कार्यलयले संविधानको धारा १६८ को २ बमोजिम [&hellip;]</p>

काठमाडौं । नेपाली कांग्रेस संसदीय दलका नेता बहादुरसिंह लामाले बागमती प्रदेशको मुख्यमन्त्रीका लागि दाबी पेस गरेका छन् ।

नेकपा एमाले र कांग्रेसको समर्थनमा कांग्रेस संसदीय दलका नेता लामाले मुख्यमन्त्रीमा मंगलबार दाबी पेस गरेका हुन् ।

बागमती प्रदेशमा रहेको माओवादी नेतृत्वको सरकार ढलेसँगै नयाँ सरकार गठनका लागि प्रदेश प्रमुख कार्यलयले संविधानको धारा १६८ को २ बमोजिम मुख्यमन्त्रीमा दाबी पेस गर्नका लागि आह्वान गरेका थिए ।

सोहीअनुसार एमालेको २७ र कांग्रेसको ३७ गरी ६४ प्रदेश सभा सदस्यको हस्ताक्षरसहित लामाले प्रदेश प्रमुख यादवचन्द्र शर्मा समक्ष मुख्यमन्त्रीको दाबी पेस गरेका हुन् ।

Share News