काठमाडौं । आइसिएफसि. फाइनान्सले श्रावण महिनाको पहिलो सोमबार कर्मचारी र ग्राहक तथा अन्य महिला दिदीबहिनी माझ मेहेन्दी कार्यक्रम सम्पन्न गरेको छ ।
फाइनान्सले देशैभरी रहेका विभिन्न २१ वटा शाखाहरुमा उक्त कार्यक्रम सम्पन्न गरेको छ । सबै शाखा कार्यालय परिसरमा संस्थाका ग्राहक महानुभाव लगायत अन्य महिला दिदीबहिनीहरुको उल्लासमय उपस्थितिमा उक्त मेहेन्दी कार्यक्रम सम्पन्न भएको फाइनान्सले जनाएको छ ।