
fresh chicken meat on a wooden table
काठमाडौं । कुखुराको मासुको मूल्य घटेको छ। राष्ट्रिय कुखुरा व्यवसायी संघले साउन ७ गतेदेखि लागु हुने गरी कुखुराको मासुको मूल्य प्रतिकिलो १५ रुपैयाँले घटाएको हो ।
ज्युँदो कुखुराको मूल्य प्रतिकिलो २५० रुपैयाँ र मासुको मूल्य प्रतिकिलो २६० देखि २६५ रूपैयाँ निर्धारण गरिएको छ । यसअघि ज्युँदो कुखुराको मूल्य प्रतिकिलो २६० रूपैयाँ र मासुको मूल्य प्रतिकिलो २७५ देखि २८० रुपैयाँ थियो ।
साउन महिनामा मासुको खपत कम हुने भएकाले माग घट्ने भएको हुँदा मूल्य घटाइएको संघले जनाएको छ ।