महिलालाई अगाडि नबढाएसम्म देश बन्दैन : सांसद कोइराला

<p>काठमाडौं । नेपाली कांग्रेसका सांसद डा. शशांक कोइरालाले महिलालाई अगाडि नसारेसम्म देशले विकास गर्न नसक्ने बताएका छन् । सोमबार काठमाडौंमा आयोजित वर्तमान संविधान र समाजवादउन्मुख लोकतन्त्र विषयक विचार गोष्ठीमा बोल्दै उनले यस्तो बताए हो । उनले महिलालाई आदर र सम्मानका साथ अघि बढाएमात्रै देशले गति लिने बताए । महिलाले हरेक घर, समाज र देशलाई नै [&hellip;]</p>

काठमाडौं । नेपाली कांग्रेसका सांसद डा. शशांक कोइरालाले महिलालाई अगाडि नसारेसम्म देशले विकास गर्न नसक्ने बताएका छन् ।

सोमबार काठमाडौंमा आयोजित वर्तमान संविधान र समाजवादउन्मुख लोकतन्त्र विषयक विचार गोष्ठीमा बोल्दै उनले यस्तो बताए हो । उनले महिलालाई आदर र सम्मानका साथ अघि बढाएमात्रै देशले गति लिने बताए । महिलाले हरेक घर, समाज र देशलाई नै नेतृत्व गरी विकास गर्नसक्ने जिकिर गरे । महिलाहरुकै अग्रणी भुमिकाका कारण आफूले ४ पटक निर्वाचन जितेको बताए ।

‘महिलाहरुलाई जबसम्म हामी आदर गर्दैनौँ, तबसम्म हाम्रो विकास हुन सक्दैन, समाजको साँचो महिलासँग हुन्छ, महिला नभइ कुनैपनि घरको ढोका खुल्दैन, त्यसैले महिलालाई हामीले आदर गर्नुपर्छ’, उनले भने ।

सांसद कोइरालाले बिपी कोईराला बहुआयामिक व्यक्तित्व भएको बताए ।

Share News