काठमाडौं । मधेश प्रदेशको सर्लाहीमा पूर्व राज्यमन्त्री रामचन्द्र रायको हत्या भएको छ । चन्द्रनगर गाउँपालिका वडा नं. १ स्थित घरमा रायको हत्या भएको सर्लाही प्रहरीले जानकारी दिएको छ ।
अज्ञात समूहले धारिलो हतियार प्रयोग गरी गएराति रायको हत्या गरेको प्रहरीको भनाइ छ । उनको हत्या भएको थाहा पाएलगत्तै प्रहरी टोली घटनास्थल पुगेर अनुसन्धान गरिरहेको छ ।
८० वर्षीय राय राप्रपाबाट ३० वर्षअघि भूमिव्यवस्था राज्यमन्त्री बनेका थिए ।