प्रोमोकोड ‘फोनपे डाइरेक्ट’ प्रयोग गरेर आइफोन १५ प्रो जित्न सकिने

<p>काठमाडौं । फोनपेले आफ्नो प्रमुख अभियान &#8216;फोन पे डिरेक्टः पैसा पठाओं ठाउँको ठाउँ&#8217; घोषणा गरेको छ । यो अभियानले प्रयोगकर्ताहरूलाई मोबाइल नम्बर, खाता नम्बर, र व्यक्तिगत क्युआर मार्फत अन्तरबैंक रकम ट्रान्सफर सेवाबारे थप प्रोत्साहन गर्ने लक्ष्य कम्पनीले राखेको छ । अभियानले मोबाइल नम्बरबाट रकम ट्रान्सफर गर्दा तुरुन्त र सुरक्षित हुने र सबै प्रयोगकर्ताहरूलाई सजिलो हुने [&hellip;]</p>

काठमाडौं । फोनपेले आफ्नो प्रमुख अभियान ‘फोन पे डिरेक्टः पैसा पठाओं ठाउँको ठाउँ’ घोषणा गरेको छ । यो अभियानले प्रयोगकर्ताहरूलाई मोबाइल नम्बर, खाता नम्बर, र व्यक्तिगत क्युआर मार्फत अन्तरबैंक रकम ट्रान्सफर सेवाबारे थप प्रोत्साहन गर्ने लक्ष्य कम्पनीले राखेको छ ।

अभियानले मोबाइल नम्बरबाट रकम ट्रान्सफर गर्दा तुरुन्त र सुरक्षित हुने र सबै प्रयोगकर्ताहरूलाई सजिलो हुने कम्पनीले जनाएको छ । यो अभियान २ महिनासम्म चल्नेछ अर्थात् भदौ ३१ मा समाप्त हुनेछ । अभियानको अन्त्यमा दुईजना भाग्यशाली विजेतालाई मेगा उपहार ‘आइफोन-१५ प्रो’ दिने कम्पनीले जनाएको छ ।

यो मेगा उपहार जित्ने मौका पाउनका लागि प्रयोगकर्ताहरूले फोनपेबाट पैसा पठाउँदा रिमार्क्स सेक्शनमा विशेष प्रमोकोड फोनपे डाइरेक्ट राख्नुपर्नेछ र अभियान अवधिमा मोबाईल बैंकिङ एप प्रयोग गरेर फोनपे डाइरेक्ट मार्फत कम्तीमा तीन पटक पैसा ट्रान्सफर गर्नुपर्नेछ ।

बैंक परिसरहरुबाटै आक्टिभेसन मार्फत फोनपे डिरेक्टबाट एक बैंकबाट अर्को बैंकमा कसरी पैसा पठाउन सकिन्छ भन्ने कुराको सिकाईलाई ग्राहकहरु माझ थप उजागर गर्ने कम्पनीले जनाएको छ।

Share News