राष्ट्र बैंकले मौद्रिक नीति आज सार्वजनिक नगर्ने

<p>काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (शुक्रबार) मौद्रिक नीति सार्वजनिक नगर्ने भएको छ । मौद्रिक नीति सार्वजनिक गर्ने अन्तिम तयारीमा रहेको बताउँदै आएको राष्ट्र बैंकले तयारी नपुगेको भन्दै रोकेको हो । यसअधि आज बिहान राष्ट्र बैंक सञ्चालक समिति बैठक बसेर मौद्रिक नीति पारित गर्ने बताइएको थियो । तर, सञ्चालक समितिमा मौद्रिक नीतिबारे छलफल गर्ने समय [&hellip;]</p>

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (शुक्रबार) मौद्रिक नीति सार्वजनिक नगर्ने भएको छ । मौद्रिक नीति सार्वजनिक गर्ने अन्तिम तयारीमा रहेको बताउँदै आएको राष्ट्र बैंकले तयारी नपुगेको भन्दै रोकेको हो ।

यसअधि आज बिहान राष्ट्र बैंक सञ्चालक समिति बैठक बसेर मौद्रिक नीति पारित गर्ने बताइएको थियो । तर, सञ्चालक समितिमा मौद्रिक नीतिबारे छलफल गर्ने समय कम भएकाले तत्काललाई रोकिएको राष्ट्र बैंक स्रोतले जनाएको छ ।

राष्ट्र बैंक स्रोतका अनुसार बोर्ड बैठकमा छलफल गर्न थप समय चाहिने भएकाले शुक्रबार सार्वजनिक हुने सम्भावना टरेको छ । तर, प्रधानमन्त्री केपी शर्मा ओलीको आर्थिक सल्लाहकारमा डा. युवराज खतिवडा नियुक्त भएपछि उनले मौद्रिक नीतिमा छलफल गर्ने भनेपछि रोकिएको बुझिएको छ ।

Share News