काठमाडौं । नेपाल इन्भेष्टमेण्ट मेगा बैंक (एनआईएमबि) ले प्रमुख कार्यकारी अधिकृत ९सीईओ० ज्योति प्रकाश पाण्डेको राजीनामा नदिएको स्पष्ट पारेको छ ।
सीईओ पाण्डेको राजीनामा सम्बन्धी समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको बताउँदै बैंकले प्रकाशित तथा प्रसारित समाचार भ्रामक, आधारहीन र तथ्यहीन रहेको स्पष्ट पारेको हो ।
बैंकका अनुसार प्रमुख कार्यकारी अधिकृत पाण्डे हाल आफ्नो जिम्मेवारीमा सक्रिय रहनुका साथै बैंकको कार्यसम्पादन तथा व्यवस्थापनमा नियमित रूपमा संलग्न छन् ।
बैंकले कुनै पनि सूचना वा समाचार प्रकाशन तथा प्रसारण गर्दा आधिकारिक स्रोतबाट पुष्टि गरेर मात्र सम्प्रेषण गर्न सञ्चारमाध्यम तथा सरोकारवालासँग अनुरोध गरेको छ ।
साथै, नेपाल इन्भेष्टमेण्ट मेगा बैंकले ग्राहक, सेयरधनी तथा आम सर्वसाधारणप्रतिको विश्वास र प्रतिबद्धतालाई निरन्तर सुदृढ बनाउँदै गुणस्तरीय बैंकिङ सेवा प्रदान गर्न सदैव प्रतिबद्ध रहेको जनाएको छ ।