उच्च बिन्दुमा पुगेपछि घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

<p>काठमाडौं । बुधबार उच्च बिन्दुमा पुगेको सुनको मूल्य बिहीबार तोलामा ३ सय रुपैयाँले घटेको छ । बुधबार प्रतितोला १ लाख ४९ हजार ८ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन बिहीबार १ लाख ४९ हजार ५ सय रुपैयाँ निर्धारण भएको छ । बुधबार सनुको मूल्यले नयाँ कीर्तिमान कायम गरेको थियो । बुधबार प्रतितोला १ लाख ४९ [&hellip;]</p>

काठमाडौं । बुधबार उच्च बिन्दुमा पुगेको सुनको मूल्य बिहीबार तोलामा ३ सय रुपैयाँले घटेको छ ।

बुधबार प्रतितोला १ लाख ४९ हजार ८ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन बिहीबार १ लाख ४९ हजार ५ सय रुपैयाँ निर्धारण भएको छ । बुधबार सनुको मूल्यले नयाँ कीर्तिमान कायम गरेको थियो ।

बुधबार प्रतितोला १ लाख ४९ हजार १ सय रुपैयाँमा कारोबार भएको तेजाबी सुन बिहीबारका लागि भने १ लाख ४८ हजार ८ सय रुैयाँ निर्धारण भएको छ ।

त्यस्तै चाँदीको मूल्य तोलामा ३५ रुपैयाँले घटेको छ । बुधबार प्रतितोला १ हजार ८ सय ९५ रुपैयाँमा कारोबार भएको चाँदी बिहीबार १ हजार ८ सय ६० रुपैेयाँमा कारोबार भइरहेको छ ।

Share News