यस्तो छ बिहीबारको विदेशी मुद्राको मूल्य

<p>काठमाडौं । नेपाल राष्ट्र बैंकले बिहीबार (साउन ३ गते)का लागि विदेशी मुद्राहरूको खरिदबिक्री दर तोकेको छ । राष्ट्र बैंकले बिहीबारका लागि अमेरिकी डलरको खरिद दर १३३.४४ रुपैयाँ तोकेको छ भने बिक्री दर १३४.०४ रुपैयाँ तोकेको छ । आज युरोपियन युरो एकको खरिददर १४६ रुपैयाँ तोकेको छ भने बिक्रीदर १४६.६५ रुपैयाँ तोकेको छ । यस्तै बेलायती [&hellip;]</p>

काठमाडौं । नेपाल राष्ट्र बैंकले बिहीबार (साउन ३ गते)का लागि विदेशी मुद्राहरूको खरिदबिक्री दर तोकेको छ । राष्ट्र बैंकले बिहीबारका लागि अमेरिकी डलरको खरिद दर १३३.४४ रुपैयाँ तोकेको छ भने बिक्री दर १३४.०४ रुपैयाँ तोकेको छ ।

आज युरोपियन युरो एकको खरिददर १४६ रुपैयाँ तोकेको छ भने बिक्रीदर १४६.६५ रुपैयाँ तोकेको छ । यस्तै बेलायती पाउण्ड स्टर्लिङ एकको खरिददर १७४.०१ रुपैयाँ र बिक्रीदर १७४.७९ रुपैयाँ तोकिएको राष्ट्र बैंकले जनाएको छ ।

अष्ट्रेलियन डलर एकको खरिददर ९०.०१ रुपैयाँ र बिक्रीदर ९०.४१ रुपैयाँ, क्यानेडियन डलर एकको खरिददर ९७.६२ रुपैयाँ र बिक्रीदर ९८.०५ रुपैयाँ तोकिएको छ ।

राष्ट्र बैंकका अनुसार कतारी रियाल एकको खरिददर ३६.५९ रुपैयाँ र बिक्रीदर ३६.७६ रुपैयाँ, साउदी अरेबियन रियाल एकको खरिददर ३५.५८ रुपैयाँ र बिक्रीदर ३५.७४ रुपैयाँ, युएई दिराम एकको खरिददर ३६.३३ रुपैयाँ र बिक्रीदर ३६.४९ रुपैयाँ, मलेसियन रिंगिट एकको खरिददर २८.६१ रुपैयाँ र बिक्रीदर २८.७४ रुपैयाँ तोकिएको छ ।

Share News