अहिलेको मुख्य समस्या युवाशक्ति विदेश पलायन हुनु हो : अध्यक्ष दाहाल

<p>काठमाडौं । राष्ट्रिय सभा अध्यक्ष नारायाणप्रसाद दाहालले नेपालको अहिलेको मुख्य समस्या बेरोजगारीका कारण युवाशक्ति विदेश पलायन रहेको बताएका छन् । सोमबार काठमाडौंमा ठमेल पर्यटन विकास परिषद्को २८ औं र २९ औं साधारण सभा तथा नयाँ कार्यसमितिको निर्वाचनलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले दक्ष र कामकाजी शक्ति बाहिरिँदा दिनप्रतिदिन परनिर्भर बन्दै जाने अवस्था [&hellip;]</p>

काठमाडौं । राष्ट्रिय सभा अध्यक्ष नारायाणप्रसाद दाहालले नेपालको अहिलेको मुख्य समस्या बेरोजगारीका कारण युवाशक्ति विदेश पलायन रहेको बताएका छन् ।

सोमबार काठमाडौंमा ठमेल पर्यटन विकास परिषद्को २८ औं र २९ औं साधारण सभा तथा नयाँ कार्यसमितिको निर्वाचनलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले दक्ष र कामकाजी शक्ति बाहिरिँदा दिनप्रतिदिन परनिर्भर बन्दै जाने अवस्था सिर्जना भएको बताए ।

परनिर्भरबाट जोगाएर आत्मनिर्भर अर्थतन्त्रको विकासका लागि पर्यटन क्षेत्रको विकास गर्नु उत्तम उपाय भएको बताए । युवाहरुलाई विदेश जान रोक्न नेपालमा धेरै भन्दा धेरै पर्यटक भित्र्याइ पर्यटन उद्योगको विकास गरी रोजगारीका अवसर सिर्जना गर्न आवश्यक रहेको अध्यक्ष दाहालले जानकारी दिए ।

उनले ठमेल पर्यटन क्षेत्रका रुपमा एक अद्वितीय स्थान भएको बताउँदै सांस्कृतिक, ऐतिहासिक, पर्यटकीय र आर्थिक प्रतिष्ठा प्राप्त स्थानका रुपमा संरक्षण गर्न आग्रह गरे । ठमेल नेपालको सौन्दर्य विविधता र ऐतिहासिक समृद्धिको प्रतिक भएको बताए ।

यस्तै, अध्यक्ष दाहालले धेरै सम्भावनाका बाबजुत पनि नेपालमा हुनुपर्ने जति पर्यटन विकास हुन नसकेको बताए । विदेशमा राम्रोसँग बजारीकरण गर्नसक्ने र नेपालमा पर्यटकीय गन्तव्यको पूर्वाधारको विकास गर्नसके नेपालमा सहजै वर्षेनी लाखौँ पर्यटन भित्र्याउन सकिने बताए । खरिद ऐन देशको विकास, समृद्धि र आवश्यकताको निम्ति कतै न कतै बाधा बनेको भन्दै संशोधन हुने प्रक्रियामा गएको जानकारी दिए ।

‘नेपालको अहिलेको मुख्य समस्या भनेको बेरोजगारीका कारण युवाशक्ति विदेश पलायन हुनु हो । दक्ष र कामकाजी शक्ति बाहिरिँदा हामी दिनप्रतिदिन परनिर्भर बन्दै जाने अवस्था सिर्जना हुन थालेको छ, त्यसैले अब हाम्रो ध्यान युवाहरुलाई विदेश जान रोक्न नेपालमा धेरै भन्दा धेरै पर्यटक भित्र्याइ पर्यटन उद्योगको विकास गरी रोजगारीका अवसर सिर्जना गर्नुपर्छ’, उनले भने ।

उनले पर्यटकीय केन्द्र ठमेललाई विश्वस्तरमा थप परिचित गराउन सफा, सुरक्षित र व्यवसायिकमैत्री बनाउने गरी कार्यक्रम ल्याउन आवश्यक रहेको बताए । ठमेलमा पर्यटकको वृद्धि गर्न र समृद्ध, सफा र सुरक्षित ठमेल बनउन सबैको साझा पहल जरुरी रहेको जानकारी दिए ।

Share News