चौथो पटक प्रधानमन्त्री बने ओली, सोमबार ११ बजे शपथ

<p>काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आइतबार प्रधानमन्त्री पदमा नियुक्त भएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले ओलीलाई संविधानको धारा ७६(२) अनुसार प्रधानमन्त्री पदमा नियुक्त गरेका हुन् । उनी नेपाली काँग्रेसको समर्थनमा प्रधानमन्त्री बनेका हुन् । नवनियुक्त प्रधानमन्त्री ओलीको शपथ सोमबार बिहान ११ बजे हुने तय भएको छ । प्रधानमन्त्रीका रूपमा उनको यो चौथो [&hellip;]</p>

KP oliकाठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आइतबार प्रधानमन्त्री पदमा नियुक्त भएका छन् ।

राष्ट्रपति रामचन्द्र पौडेलले ओलीलाई संविधानको धारा ७६(२) अनुसार प्रधानमन्त्री पदमा नियुक्त गरेका हुन् ।

उनी नेपाली काँग्रेसको समर्थनमा प्रधानमन्त्री बनेका हुन् । नवनियुक्त प्रधानमन्त्री ओलीको शपथ सोमबार बिहान ११ बजे हुने तय भएको छ ।

प्रधानमन्त्रीका रूपमा उनको यो चौथो कार्यकाल हो ।

ओली २०७२ साल असोज २४ गते पहिलो पटक प्रधानमन्त्री बनेका थिए । त्यसपछि उनी २०७४ फागुन ३ गते प्रतिनिधिसभामा ठूलो दलको हैसियतमा प्रधानमन्त्रीमा नियुक्त भएका थिए ।

उनी तेस्रो पटक २०७८ बैशाख ३० गते प्रधानमन्त्री बनेका थिए भने चौथो पटक २०८१ असार ३० गते प्रधानमन्त्रीमा नियुक्त भएका हुन् ।

प्रचण्ड नेतृत्वको सरकार ढलेसँगै राष्ट्रपतिले शुक्रबार साँझ नयाँ सरकार गठनका लागि आइतबार बेलुका ५ बजेसम्मको समय दिएर आह्वान गरेका थिए । सो आह्वानलगत्तै ओलीले राष्ट्रपति भवन शीतल निवासमा १६६ सांसदको समर्थनमा शुक्रबार राति नै प्रधानमन्त्रीमा दाबी पेस गरेका थिए ।

Share News