पाँचौं पटक विश्वासको मत लिँदै प्रधानमन्त्री दाहाल

<p>काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ’प्रचण्ड’ले शुक्रबार पाँचौं पटक संसदबाट विश्वासको मत लिँदै छन् । प्रमुख सत्ता साझेदार दल नेकपा (एमाले) ले समर्थन फिर्ता लिएर सरकारबाट बाहिरिएपछि प्रचण्डले पाँचौं पटक विश्वासको मत लिन लागेका हुन् । विश्वासको मत लिने प्रयोजनका लागि बिहान ११ बजे प्रतिनिधि सभा बैठक बस्दै छ । नेपाली कांग्रेस र एमालेबीच एमाले [&hellip;]</p>

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ’प्रचण्ड’ले शुक्रबार पाँचौं पटक संसदबाट विश्वासको मत लिँदै छन् ।

प्रमुख सत्ता साझेदार दल नेकपा (एमाले) ले समर्थन फिर्ता लिएर सरकारबाट बाहिरिएपछि प्रचण्डले पाँचौं पटक विश्वासको मत लिन लागेका हुन् ।

विश्वासको मत लिने प्रयोजनका लागि बिहान ११ बजे प्रतिनिधि सभा बैठक बस्दै छ ।

नेपाली कांग्रेस र एमालेबीच एमाले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा सरकार गठन गर्ने सहमति भएपछि एमालेले असार १९ गते समर्थन फिर्ताको निर्णय गरेको थियो ।

प्रचण्डले पछिल्लोपटक गत जेठ ७ गते विश्वासको मत लिएका थिए ।

प्रधानमन्त्री प्रचण्डको विपक्षमा मतदान गर्न बिहीबारसम्ममा कांग्रेस, एमाले, जनता समाजवादी पार्टी नेपाल, जनमत पार्टीसहितका दलले ह्वीप जारी गरिसकेका छन् । यस्तै, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले पनि प्रधानमन्त्रीलाई विश्वासको मत नदिने निर्णय गरेको छ ।

२७५ सदस्यीय प्रतिनिधिसभामा बहुमतका लागि १३८ मत चाहिन्छ । अहिलेसम्म प्रचण्डसँग माओवादी ३२, रास्वपा २१ र एकीकृत समाजवादी १० गरी कुल ६३ मत मात्र छ । यो आंकडाले प्रधानमन्त्री प्रचण्डले विश्वासको मत नपाउने देखिन्छ ।

Share News