प्राथमिक निष्काशनको पैसा राष्ट्र बैंकमा डिपोजिट गर्नु नपर्ने, तरलता व्यवस्थापनमा सहजता थपिने

<p>काठमाडौं, १४ माघ । नेपाल धितोपत्र बोर्डले प्राथमिक निष्काशन(आइपिओ र एफपिओ)मा संकलित रकम नेपाल राष्ट्र बैंकमा जम्मा गर्नुपर्ने व्यवस्था हटाएको छ । धितोपत्र बोर्डले धितोपत्र निष्काशन निर्देशिका २०६५ को दफा २२ को उपदफा (४) मा रहेको व्यवस्था कार्यान्वयन नगर्ने निर्णय गरेको हो । बोर्डको यस्तो निर्णयसँगै तरलता व्यवस्थापनमा सहजता आउने अपेक्षा गरिएको छ । सो [&hellip;]</p>

sebonकाठमाडौं, १४ माघ । नेपाल धितोपत्र बोर्डले प्राथमिक निष्काशन(आइपिओ र एफपिओ)मा संकलित रकम नेपाल राष्ट्र बैंकमा जम्मा गर्नुपर्ने व्यवस्था हटाएको छ । धितोपत्र बोर्डले धितोपत्र निष्काशन निर्देशिका २०६५ को दफा २२ को उपदफा (४) मा रहेको व्यवस्था कार्यान्वयन नगर्ने निर्णय गरेको हो । बोर्डको यस्तो निर्णयसँगै तरलता व्यवस्थापनमा सहजता आउने अपेक्षा गरिएको छ ।

सो निर्देशीकामा “धितोपत्र निष्काशन गर्दा निष्काशन बैंकमा जम्मा भएको रकम धितोपत्र बिक्री बन्द भएको छ कार्यदिन भित्र नेपाल राष्ट्र बैंकमा खाता खोली कम्तिमा छ कार्यदिनको लागि जम्मा गर्नुपर्नेछ । यसरी नेपाल राष्ट्र बैंकमा खाता खोली जम्मा गरिएको रकम बोर्डको अनुमति लिएर मात्र झिक्नुपर्नेछ ।” भनिएको थियो । सो व्यवस्थाले बजारमा तरलतामा अभाव सृजना भएको भन्दै बोर्डले तत्कालका लागि हटाएको हो ।

हाल बैंक तथा वित्तीय संस्थाहरुले प्रत्येक महिनाको आफ्नो वित्तीय अवस्थाबारे नेपाल राष्ट्र बैंकमा विवरण पेश गर्नुपर्ने व्यवस्था बमोजिम गरिरहेको र सार्वजनिक निष्काशनमा बोर्डले आस्वा प्रणाली लागू गरिसकेकोले पनि सो व्यवस्था हटाएको बोर्डले जनाएको छ ।

यसबाट निष्काशनकर्ता संगठित संस्था र निष्काशन तथा विक्री प्रबन्धकहरुले झन्झटिलो महशुस गरिएको व्यवस्थामा सहजिकरण हुनुको साथै बेला बेला बजारमा देखीने तरलता सम्बन्धी समस्या कम हुने बोर्डले दावी गरेको छ ।

Share News