काठमाडौं । काठमाडौं महानगरपालिकाले ३० जना हेभी सवारी चालक माग गरेको छ । महानगरले करारमा नियुक्ति गर्ने गरी ३० जना हेभी सवारी चालक माग गरेको हो ।
महानगरले बिहीबार एक सूचना जारी गरेर तोकिएको योग्यता पुगेका उम्मेदवारले महानगरपालिकाको वेबसाइटमा रहेको ‘करारमा हेभी ड्राइभर अनलाइन दरखास्त प्रणाली’ मार्फत आवेदन दिन सक्ने जनाएको छ ।
इच्छुक उम्मेदवारले साउन १६ गतेभित्र आवेदन दिन सक्नेछन् भने थप दस्तुर तिरेर साउन २३ गतेभित्र आवेदन दिन सक्नेछन् ।

Untitled