काठमाडौं । धेरैलाई सुन्दर र आकर्षक घर बनाउने चाहना हुन्छ । तर, कस्तो घर बनाउने ? घर बनाउँदा के कस्तो कुरामा ध्यान दिने ? भन्ने विषयले धेरैलाई चिन्ता थप्छ । बाहिरी देशहरुको तुलनामा नेपालीहरु आफ्नो घर र जग्गालाई लिएर बढी संवेदनशील हुन्छन् । अझ धेरैको चाहना र सपना सहरमा घरजग्गा जोड्ने नै हुन्छ । सहरमा घरजग्गा जोड्ने रहर भएपनि सामान्य विषयवस्तुको अभावले पछि पछुताउनु पर्ने अवस्था पनि आउँछ । त्यसले जिन्दगीभर कमाएको कमाइ बालुवामा पानी हालेजस्तै हुन्छ ।
धेरै उपभोक्ताहरु विभिन्न बाहनामा दिनप्रतिदिन ठगिएका पनि हुन्छन् । आज हामी तपाईंलाई घर बनाउँदा के कस्तो कुरामा ध्यान दिने भन्ने विषयको जानकारी गराउँदैछौं ।
१. निर्माण सामाग्री छनौट
२. व्यावसायिकता र प्राविधिक ज्ञान ।
३. आवश्यकता स्पष्टता ।
यी तीन कारणले गर्दा घरहरु जीर्ण निर्माण र लगानी अनुरुप संरचना निर्माण नहुँदा उपभोक्ताको नियमित आश्यकता समेत पुरा नहुने किसिमको घर निर्माण हुन पुग्दछ ।
आवश्यकताको पहिचान
प्रायः घर बनाउनेले छिमेकीको तुलनामा आफ्नो राम्रो घर निर्माण गर्ने सोच बनाउँछन् । त्यसका लागि आफ्नो आवश्यकतालाई बढी प्राथमिकता दिनु पर्ने हुन्छ । आफ्नो आवश्यताहरु परिवार सख्ंया, जग्गाको स्थान र आकार, आफनो घर पूर्ण आवासीय अथवा व्यावसायिक कुन रुपमा प्रयोग गर्ने हो त्यस्ता कुराले निर्धारण गर्न सकिन्छ ।
निर्माण समामग्रीको उचित छनौट
बिशेषतः पहिलो पटक घर बनाउने उपभोक्ताहरुलाई सामानको गुण्स्तर र त्यसको प्रयोग सम्बन्धी जानकारी हुँदैन र कसैले भन्दिएको भरमै आवश्यक भन्दा बढी मूल्यको सामानहरु समेत प्रयोग गर्ने गर्दछन् भने सामाग्राीको गुणस्तर समेत पहिचान गर्न जान्दैनन् । तसर्थ लगानी अनुरुप घर बन्दैन ।
बजेट निर्धारण
घर निर्माणमा प्रमुख भूमिका निर्बाह बजेटले गर्छ । निर्माण कार्य सुरु गर्नुअघि नै बजेट तर्जुमा र निर्धारण नहुदाँ निर्माण क्रमको बिचमै कामहरु रोकिने वा आफूसगँ भएको वा खर्च गर्न चाहेको रकमभन्दा धेरै खर्च हुन गई आर्थिक सकंटमा पर्न सकिन्छ । त्यसैले निर्माण कार्य सुरु गर्नु अगाबै बजेट निर्धारण गरिनु पर्छ भने जम्मा बजेटको १० प्रतिशत रकम अतिरिक्त रकम भैपरी आउने खर्चका लागि समेत छुट्याउँदा उचित हुन्छ ।
प्राबिधिक परामर्श
प्राबिधिक परामर्श बिना घर निर्माणको कल्पना समेत गर्न सकिँदैन, प्राविधिकसगँको विस्तृत छलपलबाट मात्रै निर्माण संरचनाको परिकल्पना, लाग्ने खर्च अनुमान, निर्माण सामाग्रीको प्रयोग र छनौट समेत जानकारी लिनुपर्छ भने प्राविधिकलाई १ चोटी आफ्नो घर बनाउने जग्गा समेत पूर्ण तरिकाले अबलोकन गराउनु पर्दछ र प्राविधिकको परामर्श अनुरुप नै निर्माण कार्य अघि बढाउनु उपयुक्त हुन्छ ।
नियम पालना
अधिकाशं स्थानीय तह नगरपालिका वा महानगरहरुमा फरक–फरक नीति नियम र मापदण्डहरु हुने गर्दछन् । त्यसैले आफ्नो घर निर्माण क्षेत्रमा के कस्ता मापदण्डहरु छन्, त्यसको जानकारी लिएर र नियम पालना समेत गर्न आवश्यक हुन्छ । तसर्थ सबै स्थानीय तहको मापदण्ड एउटै हुन्छ भन्ने भ्रम भने हटाउनु पर्छ ।
दक्ष जनशक्तिको छनौट
गुणस्तर निर्माण सामाग्री र अधिकतम खर्च गर्दा समेत दक्ष जनशक्तिको प्रयोग नहुँदा घर जीर्ण र भनेजस्तो घर नबन्न सक्छ । त्यसैले पनि जनशक्तिको छनौटमा विशेष ध्यान दिनुपर्ने हुन्छ । यदि आफूले जनशक्ति छनौट गर्न नसक्ने हो भने विश्वासिलो निर्माण कम्पनीलाई नै जिम्मा दिनु राम्रो हुन्छ ।
निर्माण सामाग्रीको उच्चत्तम प्रयोग
गुणस्तर निर्माण सामाग्रीका लागि अधिकतम खर्च गरी सामाग्रीको प्रयोग सम्बन्धी जानकारी नहुँदा समेत लागत अनुसारको घर निर्माण नहुन सक्छ । जस्तैः गाह्रो लगाउनु अघि इट्टा भिजाउने, सिल र लिन्टेलको प्रयोग गर्ने, प्लास्टरअघि जालीको प्रयोग गर्ने इत्यादि । यस्ता जानकारीहरुका लागि बजारमा घर निर्माण समबन्धी पुस्तकहरु समेत पाइन्छ ।
निर्माण सम्पन्नता र अभिलेखीकरण
घर एउटा बासस्थान मात्रै नभएर महत्वपूर्ण सम्पति समेत हो र त्यसैले घर कुनै पनि बेला बेच्न अथवा बैंकमा धितो राख्नका लागि आवश्यक कागजातको रुपमा पनि निर्माण सम्पन्नताले काम गर्छ भने स्थानीय तहको नियम अनुसार पनि निर्माण सम्पन्नता अनिवार्य लिनु पर्ने भएकोले निर्माण सम्पन्नता लिनुपर्ने हुन्छ ।
(घरजग्गाको काम गर्दै आएको घरको डाक्टरको सहयोगमा)